दार्चुलामा पनि मनाइयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

दार्चुलामा पनि मनाइयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस


दार्चुला : ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आइतवार १२औँ अन्तरराष्ट्रिय योग दिवस दार्चुलामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजना, शिक्षा विकास तथा समन्वय इकाई दार्चुला, पतञ्जली योग समिति, महिला पतञ्जली योग समिति र युवा नेपाल समितिको सहआयोजना तथा महाकाली नगरपालिका र अक्सफोर्ड एकेडेमी स्कुलको सहजीकरणमा योग दिवस मनाइएको हो । दिवसको अवसरमा बिहान प्रभात फेरी पनि निकालिएको थियो ।

त्यसपछि अक्सफोर्ड एकेडेमी स्कुलको प्राङगणमा योगाभ्यास सञ्चालन गरिएको थियो । यस्तै उक्त कार्यक्रममा विद्यार्थीहरुलाई ५ वटा योग अभ्यास प्रतियोगिता गराइ स्थान ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका प्रमुख एवं डाक्टर सुमन सत्यालले जानकारी दिए ।

जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको विशिष्ट आतिथ्यता रहेको योग दिवस कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्त, पतञ्जलि योग समिति, महिला पतञ्जली योग समिति, युवा नेपाल समिति, विभिन्न योग केन्द्रका योग साधकहरू, विभिन्न संघसंस्थाका पदाधिकारी, योग शिक्षकहरू लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । योग दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले जीवनका लागि योग जागरण फैलाउनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *