दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर छाङरु दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान अशोक सिंह शाहुले ६ हजार ३८ मिटर अग्लो चुलु हिमालको सफल आरोहण गर्नुभएको छ ।
गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्लामा अवस्थित चुलु हिमाल शाहुले कात्तिक २९ गते सफलतापूर्वक आरोहण गर्नुभएको हो । दार्चुलाको महाकाली नगरपालिका–२, मुल्ला घट्टेधार घर भएका शाहुले हिमाल आरोहणमा सफलता हासिल गरेपछि जिल्लाको नामसमेत राष्ट्रियस्तरमा चिनाउन योगदान पुगेको छ ।
शाहुको यस सफलताले साहसिक पर्यटन तथा हिमाल आरोहण क्षेत्रमा नेपाली सुरक्षाकर्मीको सहभागितालाई समेत उजागर गरेको छ ।
डिस्याङ गाउँपालिका–५ र नार्पाभूमि गाउँपालिका–३ मा रहेको चुलु सुदूरपूर्व (चुली) हिमाल पर्वतारोहणका लागि सरकारले २०८२ भदौ महिनामा आरोहणका लागि खुला गरेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

