नजरिया

गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन गरी हस्तान्तरण

दार्चुला : शैल्यशिखर नगरपालिका–८ मा रहेको श्री गलैनाथ मावि झरकाँडाको विद्यालय भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत निर्माण भएको विद्यालय भवनको एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूकोे प्रमुख आतिथ्यता, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंहको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो । भारतीय राजदुतावासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत गरी करिब ४ करोड लागतमा निर्माण सम्पन्न

नगरपालिका स्तरीय प्रारम्भिक बालविकास समिति गठन

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ । मंगलवार महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा अभिमुखीकरण र अनौपचारिक शिक्षा तथा आजीवन सिकाईका निम्ति सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको हो । ‘गर्दै गरौ लगानी बाटो, कुलो, पुल, भवन, मन्दिरमा, थप गरौ लगानी प्रारम्भिक बालविकासमा´

महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ठगुन्नालाई

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरी ठगुन्नालाई दिइएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार महाकाली नगरपालिकालाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतमा ठगुन्नालाई जिम्मेवारी दिएको हो । मन्त्रालयले यसअघि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेर काम गर्दै आएका अधिकृत छैटौं नर सिंह बडालको जिम्मेवारी रद्द गरेको थियो ।बरिस्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीले निमित्त भई कार्य प्रदान गरेको भन्दै बडालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी

महाकाली नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा महेन्द्र माविको कब्जा

दार्चुला : महाकाली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय खलंगाले कब्जा जमाएको छ । महाकाली नगरपालिका–४ खलंगामा अवस्थित महेन्द्र माविले पछिल्लो तीन वर्ष लगातार उपाधि जित्दै राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको हो । शुक्रवार सम्पन्न पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २३ स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित महेन्द्र मावि खंलगा प्रथम भयो । यस्तै प्रतियोगितामा ११ स्वर्ण, ११ रजत र ५ कास्य पदकसहित मालिकार्जुन नमुना मावि

शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा बुढाथोकी

दार्चुला : शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाको ११ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । बुधवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच संस्थाको ११ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो । यस संस्थाको सेयर पुँजि १३ लाख १३ हजार ९ सय तथा बचत १ करोड ३१ हजार ८ सय ६५ रहेको जनाइएको छ । यस संस्थामा २ सय ४८ जना

प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा पुनः जोशी चयन

दार्चुला : प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लोकेन्द्र प्रसाद जोशी चयन भएका छन् । बिहीवार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आयोजित पाँचौ अधिवेशनले सर्वसम्मत जोशीलाई अध्यक्ष चयन गरेको हो । जोशीको यो दोस्रो कार्यकाल हो । प्रेस चौतारी जिल्ला कार्य समितिको उपाध्यक्षमा रमेश सिंह खत्री, बिमला धामी भुजेल, सचिवमा मान सिंह कुँवर सहसचिव निरज कुमार धामी, पदम परियार, कोषाध्यक्ष उद्धव सिंह धामी चयन भएका भएका छन् । यसैगरी सदस्यहरूमा लोकेन्द सिंह

कर्मचारी संगठन दार्चुलाको अध्यक्षमा पुनः धामी चयन

दार्चुला : नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। मंगलवार नेतृत्व चयन गर्दै १० औं अधिबेशन सम्पन्न भएको हो । राजेन्द्र सिंह धामीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिती चयन गरिएको छ । धामीको यो दोस्रो कार्यकाल हो । यस्तै संगठनको उपाध्यक्षमा मदन सिंह ठगुन्ना, महिला उपाध्यक्षमा धाना कार्की, सचिवमा कर्ण बहादुर खत्री, सह-सचिव मोहन सिंह धामी र कोषाध्यक्षमा धन बहादुर लोहार चयन भएका छन्

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न र न्यानो लुगा वितरण

दार्चुला : दार्चुला भन्सार कार्यालयले महाकाली नगरपालिका–५ स्थित छात्रावासका अनाथ बालबालिकाहरुलाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रावासका अनाथ बालबालिकालाई खाद्यान्नका साथै न्यानो कपडा वितरण गरिएको हो । छात्रावासमा रहेका अनाथ १९ बालबालिकालाई न्यानो कपडा (हुडी) र उनीहरुका लागि चाहने खाद्यान्नका सामान वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिए । शनिवार एक कार्यक्रमका बीच

कर्मचारी युनियन दार्चुला जिल्ला अधिवेशनमा जुट्दै, दुहुँमा समिति गठन

दार्चुला : नेपाल निजामति कर्मचारी युनियन दार्चुला ९ औँ जिल्ला अधिवेशनमा जुटेको छ । अधिवेशनको तयारी स्वरुप अहिले पालिका स्तरमा कार्य समिति गठन भइरहेका छन् । सोही अनुसार शनिवार जिल्लाको दुहुँ गाउँपालिकामा नेपाल निजामति कर्मचारी युनियनको कार्य समिति गठन गरिएको छ । कार्य समितिको अध्यक्षमा डम्बर सिंह कार्की चयन भएका छन् । यस्तै उपाध्यक्षमा सरीता बडाल, सचिवमा दिपक राज जोशी र अन्य पदाधिकारी गरी ११ सदस्यीय कार्य समिति गठन गरिएको

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बिरामीलाई फलफूल वितरण

दार्चुला : दार्चुला भन्सार कार्यालयले ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । जिल्ला अस्पताल दार्चुलाका २२ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिए । दार्चुला भन्सार कार्यालयले अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विविध कार्यक्रम गरि दिवस मनाइरहेको छ ।