नजरिया

पछिल्लो १ महिनामा बाढीपहिरोबाट ८० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८० जनाको मृत्यु भएको हो। साथै

नौबिसे-मलेखु सडक आजदेखि रातीमा बन्द गरिने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ। आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो। राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन्। नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस

कर्मचारीलाई धम्क्याएर बील भुक्तानी गर्न खोजिएको भन्दै डिलासैनी कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिले कर्मचारीलाई धम्क्याएर बील भु्क्तानी गर्न खोजिएको प्रति कांग्रेस डिलाशैनीले ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार कांग्रेस डिलाशैनीले एक प्रेस विज्ञप्ती जारी गर्दै गत सोमबार गाँउपालिकाको कार्यालयमा केही व्यक्तिको समूहले गरेको अराजक र अमर्यादित कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो। ‘गाँउपालिका अध्यक्ष सन्तोषप्रसाद जोशीले नीति, नियम र आर्थिक अनुशासनविपरित गैरकानुनी ढङ्गले आफूखुसी गरेको खर्चको बीलभुक्तानी गराउन खोज्दा प्रमुख कार्यकारी अधिकृत र लेखा प्रमुखले अस्वीकार गरेपछि उँहाबाटै परिचालित

दार्चुलामा जुवा खेलिरहेका ५ जना पक्राउ

दार्चुला : दार्चुलामा जुवा खेलिरहेका ५ जना नगदसहित पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका-४ बसपार्कस्थितको बिरेन्द्र वन गेष्ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–४ बस्ने ३५ वर्षीय पुरन राज खत्री, महाकाली नगरपालिका–४ कै ३५ वर्षीय प्रेम दत्त जोशी, बैतडीको सुर्नया गाउँपालिका–१ बस्ने ३८ वर्षीय दीपक चन्द, कञ्चनपुरको बेतकोट नगरपालिका–९ का ४० वर्षीय खडक बहादुर मल्ल र डडेल्धुराको पर्शुराम नगरपालिका–९ बस्ने

‘रवि क्लब’बाट निष्कासित भएपनि घण्टी बजिरहन्छ: मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हटाएपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन्। मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो। निलम्बनपछि ढकालले रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताए। ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प

अहिलेसम्म ४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छनभने १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो। जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन्। बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको,

काँग्रेस, एमालेको सत्ता सहयात्रा थोरै आशा र धेरै आशंका

आलेख : “थुप्रै कुवाँहरू थिए, सबै कुवाँहरूमा भ्यागुते सम्रराज्य थियो। गंगादत्त तिनै कुवाँ मध्ये एउटा कुवाँको नाइके थिए, उनी महत्वाकाक्षी, स्वार्थी र लालची थिए। गंगादत्तमा सबै कुवाहरूको मेढकराज बन्ने रहर चल्यो, आफ्नो कुँवा अगुवाहरू संग सबै कुवाहरू कब्जा गर्ने बारे उनले प्रस्ताव राखे तर उनलाई समर्थन प्राप्त भएन् । उनलाई शक्ति आर्जनको नशा चडेको थियो, उनलाई उपाय फुर्यो, नगिचैको विलमा (प्वाल) मा कालो सर्प बस्थ्यो, गंगादत्त सर्पको विलमा पुग्यो र

एक बर्षमा ७ सय ९४ सरकारी कर्मचारीले जागिर छाडे

काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन्। चालु आर्थिक वर्ष २०८०/८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ। किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन्। किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै

देश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधैँ एक ठाउँमा आउछन्: सचिव भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको बताएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउँमा आएको बताएका हुन्। देश आर्थिक रुपमा संकटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडि जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन्। उनले

सुदूरका पहाडमा पहिरोको वितण्डा, सडक अवरुद्ध

दार्चुला । गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा पहिरो गएको छ। खोड्पे–दार्चुला मुख्य सडकपनि पहिरोले अवरुद्ध पारेको हो। बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द