समाचार

प्रहरी हवल्दार भट्ट असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

कञ्चनपुर : नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी हवल्दार कुमारी शान्ति भट्ट असोज महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषित भएकी छन्। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र शाहीको प्रमुख आतिथ्यतामा प्रहरी हवल्दार भट्टलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गर्दै प्रशंसापत्र प्रदान गरिएको हो। भट्टलाई कार्यसम्पादन, अनुशासन, आचरण तथा पृष्ठपोषणलगायतका आधारमा उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरले जनाएको छ। उत्कृष्ट प्रहरीका रूपमा

दर्ता नभएका आयुर्वेदिक औषधि बिक्री–वितरण नगर्न आग्रह

दार्चुला : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले आयुर्वेदिक औषधिको बिक्री–वितरण गर्दा प्रचलित कानुनी व्यवस्था र स्वीकृत मापदण्ड पूर्ण रूपमा पालना गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ। आयुर्वेद स्वास्थ्य केन्द्रले शुक्रबार एक विज्ञप्ति जारी गर्दै औषधिको गुणस्तर कायम राख्न, जनस्वास्थ्यको संरक्षण गर्न तथा औषधिको सुरक्षित र प्रभावकारी प्रयोग सुनिश्चित गर्न दर्ता नभएका आयुर्वेदिक औषधिको बिक्री–वितरण नगर्न अनुरोध गरेको हो । औषधि ऐन, २०३५ को दफा ८ बमोजिम नेपालमा बिक्री–वितरण गरिने औषधि

दार्चुलामा विश्व हुलाक दिवसका अवसरमा उत्कृष्ट तथा सेवा निवृत्त कर्मचारी सम्मानित

दार्चुला : विश्व हुलाक दिवस–२०२६ को अवसरमा जिल्ला हुलाक कार्यालय दार्चुलाले उत्कृष्ट कर्मचारी तथा सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ। ‘One postal network, infinite possibilities’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनन्त सम्भावना’ भन्ने नाराका साथ १५२औं विश्व हुलाक दिवसका अवसरमा आयोजित कार्यक्रममा कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मानित हुनेमा आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादनमा उकृष्ट कर्मचारीतर्फ हुलाक कार्यालय अपिहिमालमा कार्यरत हुलाक प्रतिनिधि सुन्दर सिंह कार्की र जिल्ला

केदारनाथ बचत तथा ऋण सहकारीद्वारा विपद् उद्धार कोषमा ११ हजार १११ रुपैयाँ सहयोग

दार्चुला : केदारनाथ बचत तथा ऋण सहकारी संस्था दार्चुलाले विपद् प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। सहकारी संस्थाले राष्ट्रिय वाणिज्य बैंक, दार्चुला शाखामार्फत उक्त रकमको चेक जमा गरेको हो । सहकारी संस्थाले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराएको केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड खलंगा दार्चुलाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिए

नेपाल–भारत समन्वय बैठक : सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सहकार्य गर्ने सहमति

दार्चुला : भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। सोमवार बैठकमा पिथौरागढ जिल्ला प्रशासनसँगै नेपालका सीमावर्ती जिल्ला दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो। बैठकमा पिथौरागढका जिल्ला अधिकारी आशीष भटगांई, बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीमा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। बैठकमा सीमा सुरक्षा, सुरक्षा निकाय बीच समन्वय, सूचना

२० हजार बजेट दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने मालिकार्जुन गाउँपालिका-५ को निर्णय

दार्चुला : मालिकार्जुन गाउँपालिका–५ को वडा कार्यालयले तीज विशेष कार्यक्रम र नारी दिवसका लागि विनियोजन गरिएको २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मदन बहादुर चन्दका अनुसार गाउँपालिकाबाट तीज कार्यक्रमका लागि १० हजार रुपैयाँ र नारी दिवसका लागि १० हजार रुपैयाँ गरी वडालाई विनियोजन गरिएको कुल २० हजार रुपैयाँ कार्यक्रम सञ्चालनमा खर्च नगरी विपद् प्रभावितको सहयोगका लागि उद्धार कोषमा जम्मा

भोटेकोसी बाढीपहिरो पीडितका लागि काँग्रेस दुहुँले सहयोग गर्ने

दार्चुला : नेपाली काँग्रेस दुहुँ गाउँपालिका कार्यसमितिले भोटेकोसी बाढीपहिरो पीडितका लागि पार्टीका सदस्यहरूबाट स्वेच्छिक सहयोग संकलन गर्ने निर्णय गरेको छ। दुहुँ गाउँपालिका कार्य समितिको भाद्र १४ गते बसेको बैठकले वडा कार्यसमितिमार्फत सहयोग संकलन गर्ने निर्णय गरेको हो। संकलित सहयोग नेपाली काँग्रेस केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी उद्धार कोषमा हस्तान्तरण गरिने निर्णय भएको नेपाली काङ्ग्रेस दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुँवरले बताए । सभापति कुँवरका अनुसार सहयोग संकलनको जिम्मेवारी वडा कार्यसमितिलाई दिइने

धापमा गौरा पर्व व्यवस्थापन समिति गठन, मदिरा सेवन र बिक्री–वितरणमा रोक

दार्चुला : महाकाली नगरपालिका–७ धापमा गौरा पर्वलाई सभ्य, भव्य तथा व्यवस्थित रूपमा सञ्चालन गर्न गौरा पर्व व्यवस्थापन समिति गठन गरिएको छ। वडाका कार्यवाहक अध्यक्ष नन्दा देवी कोलीको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिले गौरा पर्वका क्रममा मदिरा सेवन गरी हो–हल्ला गर्ने तथा पर्वको शान्ति–व्यवस्था भंग गर्ने व्यक्तिलाई जरिवाना गर्ने निर्णय गरेको छ। समितिको निर्णयअनुसार मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिलाई पहिलो पटक रु. १ हजार, दोस्रो पटक रु. २

दार्चुलामा आफ्नै घरमा सुतिरहेकी महिलामाथि निर्घात कुटपिट र लुटपाट, आरोपी फरार

दार्चुला : महाकाली नगरपालिका–४ बाङ्गाबगरमा राति आफ्नै घरमा सुतिरहेकी ३५ वर्षीया कविता बोहरामाथि निर्घात कुटपिट गरिएको छ । साउन २९ गते बिहान साढे ४ बजेको समयमा दुहु गाउँपालिका-४ पोक्सेकि जिल्ला सदरमुकाम खलंगा बस्ने सोही उमेर समूहकी धौली भनेर चिनिने गीता कुँवरले निर्घात कुटपिट गरेकी हुन् । बोहराका आमाबुबा व्याँस गाउँपालिका–१ छाङ्गरु गएको मौका पारेर घरमा एक्लै रहेको र सुतेको अवस्थामा कुँवरले टिमुरको लठ्ठीले टाउँको, अनुहार र खुट्टामा अन्धाधुन्ध प्रहार गरेकी

माछापुच्छ्रे बैंकद्वारा विपन्न परिवारका लागि घर पुनर्निर्माण तथा आवश्यक सामग्री सहयोग

दार्चुला, साउन ५ – माछापुच्छ्रे बैंक लिमिटेड, ब्याँस गाउँपालिका शाखाले व्यास गाउँपालिका–५, तिगरम बस्ने जयानन्द जोशीको परिवारका लागि घर पुनर्निर्माण गरी आवश्यक घरायसी सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विपन्न परिवारका लागि सहयोग गरेको हो । आर्थिक अभावका कारण जोशीको परिवार लामो समयदेखि अत्यन्तै जीर्ण र असुरक्षित घरमा बस्दै आएको थियो। उहाँका दुई जना पूर्ण रूपमा अपाङ्गता भएका छोरीहरू रहेका छन्। सुरक्षित छानाको अभाव,