समाचार

केदारनाथ बचत तथा ऋण सहकारीद्वारा विपद् उद्धार कोषमा ११ हजार १११ रुपैयाँ सहयोग

दार्चुला : केदारनाथ बचत तथा ऋण सहकारी संस्था दार्चुलाले विपद् प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। सहकारी संस्थाले राष्ट्रिय वाणिज्य बैंक, दार्चुला शाखामार्फत उक्त रकमको चेक जमा गरेको हो । सहकारी संस्थाले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराएको केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड खलंगा दार्चुलाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिए

नेपाल–भारत समन्वय बैठक : सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सहकार्य गर्ने सहमति

दार्चुला : भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। सोमवार बैठकमा पिथौरागढ जिल्ला प्रशासनसँगै नेपालका सीमावर्ती जिल्ला दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो। बैठकमा पिथौरागढका जिल्ला अधिकारी आशीष भटगांई, बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीमा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। बैठकमा सीमा सुरक्षा, सुरक्षा निकाय बीच समन्वय, सूचना

२० हजार बजेट दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने मालिकार्जुन गाउँपालिका-५ को निर्णय

दार्चुला : मालिकार्जुन गाउँपालिका–५ को वडा कार्यालयले तीज विशेष कार्यक्रम र नारी दिवसका लागि विनियोजन गरिएको २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मदन बहादुर चन्दका अनुसार गाउँपालिकाबाट तीज कार्यक्रमका लागि १० हजार रुपैयाँ र नारी दिवसका लागि १० हजार रुपैयाँ गरी वडालाई विनियोजन गरिएको कुल २० हजार रुपैयाँ कार्यक्रम सञ्चालनमा खर्च नगरी विपद् प्रभावितको सहयोगका लागि उद्धार कोषमा जम्मा

भोटेकोसी बाढीपहिरो पीडितका लागि काँग्रेस दुहुँले सहयोग गर्ने

दार्चुला : नेपाली काँग्रेस दुहुँ गाउँपालिका कार्यसमितिले भोटेकोसी बाढीपहिरो पीडितका लागि पार्टीका सदस्यहरूबाट स्वेच्छिक सहयोग संकलन गर्ने निर्णय गरेको छ। दुहुँ गाउँपालिका कार्य समितिको भाद्र १४ गते बसेको बैठकले वडा कार्यसमितिमार्फत सहयोग संकलन गर्ने निर्णय गरेको हो। संकलित सहयोग नेपाली काँग्रेस केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी उद्धार कोषमा हस्तान्तरण गरिने निर्णय भएको नेपाली काङ्ग्रेस दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुँवरले बताए । सभापति कुँवरका अनुसार सहयोग संकलनको जिम्मेवारी वडा कार्यसमितिलाई दिइने

धापमा गौरा पर्व व्यवस्थापन समिति गठन, मदिरा सेवन र बिक्री–वितरणमा रोक

दार्चुला : महाकाली नगरपालिका–७ धापमा गौरा पर्वलाई सभ्य, भव्य तथा व्यवस्थित रूपमा सञ्चालन गर्न गौरा पर्व व्यवस्थापन समिति गठन गरिएको छ। वडाका कार्यवाहक अध्यक्ष नन्दा देवी कोलीको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिले गौरा पर्वका क्रममा मदिरा सेवन गरी हो–हल्ला गर्ने तथा पर्वको शान्ति–व्यवस्था भंग गर्ने व्यक्तिलाई जरिवाना गर्ने निर्णय गरेको छ। समितिको निर्णयअनुसार मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिलाई पहिलो पटक रु. १ हजार, दोस्रो पटक रु. २

दार्चुलामा आफ्नै घरमा सुतिरहेकी महिलामाथि निर्घात कुटपिट र लुटपाट, आरोपी फरार

दार्चुला : महाकाली नगरपालिका–४ बाङ्गाबगरमा राति आफ्नै घरमा सुतिरहेकी ३५ वर्षीया कविता बोहरामाथि निर्घात कुटपिट गरिएको छ । साउन २९ गते बिहान साढे ४ बजेको समयमा दुहु गाउँपालिका-४ पोक्सेकि जिल्ला सदरमुकाम खलंगा बस्ने सोही उमेर समूहकी धौली भनेर चिनिने गीता कुँवरले निर्घात कुटपिट गरेकी हुन् । बोहराका आमाबुबा व्याँस गाउँपालिका–१ छाङ्गरु गएको मौका पारेर घरमा एक्लै रहेको र सुतेको अवस्थामा कुँवरले टिमुरको लठ्ठीले टाउँको, अनुहार र खुट्टामा अन्धाधुन्ध प्रहार गरेकी

माछापुच्छ्रे बैंकद्वारा विपन्न परिवारका लागि घर पुनर्निर्माण तथा आवश्यक सामग्री सहयोग

दार्चुला, साउन ५ – माछापुच्छ्रे बैंक लिमिटेड, ब्याँस गाउँपालिका शाखाले व्यास गाउँपालिका–५, तिगरम बस्ने जयानन्द जोशीको परिवारका लागि घर पुनर्निर्माण गरी आवश्यक घरायसी सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विपन्न परिवारका लागि सहयोग गरेको हो । आर्थिक अभावका कारण जोशीको परिवार लामो समयदेखि अत्यन्तै जीर्ण र असुरक्षित घरमा बस्दै आएको थियो। उहाँका दुई जना पूर्ण रूपमा अपाङ्गता भएका छोरीहरू रहेका छन्। सुरक्षित छानाको अभाव,

दार्चुला आउँदै गरेको जीप डडेल्धुरामा दुर्घटना, २ जनाको मृत्यु

दार्चुला : धनगढीबाट दार्चुला आउँदै गरेको जीप गएराती डडेल्धुरामा दुर्घटना भएको छ । जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । धनगढीबाट दार्चुला तर्फ आइरहेको सु प प्र ०१–००१ज १८५० नम्बरको जीप दशरथ चन्द राजमार्ग सडक खण्ड अर्न्तगत डडेल्धुराको अमरगढी नगरपालिका-७, खसरेखान नजिक दुर्घटना हुदा दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ४५ वर्षका शोवन सिह लोथ्याल र हनु लोथ्यालको मृत्यु भएको जिल्ला

दार्चुलामा फरार ८४ प्रतिवादी पक्राउ

दार्चुला : दार्चुलामा विभिन्न मुद्दाका ८४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विगत लामो सयमदेखि फरार रहेका ८४ जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुला र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लामो समयदेखि फरार रहेका १ सय ७ जना प्रतिवादीमध्ये चालू आर्थिक वर्षमा ८४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हेम राज भट्टले जानकारी दिए । लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई

बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी ५ दिने ‘टीओटी’ तालिम सम्पन्न

दार्चुला : गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल, दार्चुलाको सहजीकरणमा दार्चुलामा बाल संरक्षण र बाल अधिकार सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । अवसर परियोजनाअन्तर्गत आयोजित ‘Training for Teachers on Child Protection and Child Rights for Safe and Inclusive Learning Environment’ विषयक ५ दिने प्रशिक्षक प्रशिक्षण (Training of Trainers (ToT) तालिम आइतवार सम्पन्न भएको हो । असार २४ गतेदेखि