भारतमा स्थानीय निकाय सामान्य चुनाव : खलंगा सीमा पुल तीन दिन बन्द हुने
दार्चुला : २३ जनवरीमा हुने भारतको स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल तीन दिन बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल-भारत जोड्ने दार्चुलाको खलंगा झोलुङ्गे पुल तीन दिन बन्द हुन लागेको हो । मंगलवार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै भारत पिथौरागढ जिल्लाको धारचुला तहशिलअन्तर्गत स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल बन्द गरिन लागेको जनाएको छ। प्रशासनका अनुसार खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुल










