दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका बडू निर्वाचित, उनको प्यानलै विजयी

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका बडू निर्वाचित, उनको प्यानलै विजयी

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा नेविसंघका प्रकाश बडू निर्वाचित भएका छन् । बडूले २२२ मत ल्याएर स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी अनेरास्ववियुका खडक सिंह ठगुन्नाले १९१ मत ल्याए । यस्तै अध्यक्षका स्वतन्त्र उम्मेद्वार अनिल चन्द्र जोशीले २० मत पाए ।

यस्तै सचिवमा अखिल क्रान्तिकारीका लाल सिंह महर २१८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका दिपु सिंह महताले २१५ मत प्राप्त ल्याए ।
कोषाध्यक्षमा नेविसंघका जगत सिंह धामी २४० मत प्राप्त गरेर विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गरे ।

यस्तै सदस्यमा नेविसंघका बसन्ती बोहरा (२२५), संगीता धामी (२३३), रमिता जोशी (२२५), तनिसा निरौला (२३५), अखिल क्रान्तिकारीका प्रेम सिंह धामी (२२७), सरोजनी ठगुन्ना (२३१) निर्वाचित भए ।

यहाँ नेविसंघ र अखिल क्रान्तिकारी गठबन्धन गरि प्यानलसहित चुनावमा लडेका थिए । दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता रहेकोमा ४४९ मत खसेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *