आठ बुद्धे माग राख्दै रास्वपाले बुझायो प्रशासनलाई ज्ञापन
दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले विभिन्न आठ बुद्धे माग राख्दै जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक गोपाल सिंह कोट्टारी र सचिव भान सिंह धामीद्वारा हस्ताक्षरीत ज्ञापनपत्र आइतवार प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई बुझाइएको हो ।रास्वपाले बुझाएको ज्ञापन पत्रमा जिल्लामा हुने जघन्य अपराधिक घटनाको तत्कालै सर्वदलिय बैठक राख्नुपर्ने र सो विषयमा समीक्षा गर्नुपर्ने छ । यस्तै जिल्ला भरिका स्थानीय तहमा भइरहेको बेथिती रोक्न










