विशेष

दार्चुला अस्पतालमा नियमित शल्यक्रिया, एक वर्षमा ६१ गर्भवतीको शल्यक्रिया

दार्चुला : जिल्ला अस्पताल दार्चुलामा हाल नियमित रुपमा शल्यक्रिया भइरहेको छ । विगतका वर्षमा गर्भवती महिलाहरुको शल्यक्रिया गर्नुपर्ने अवस्था आउँदा रेफर हुने गरेकोमा अहिले अस्पतालमै नियमित शल्यक्रिया भइरहेको छ । अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा ६१ जना गर्भवती महिलाको शल्यक्रिया गरिएको छ । यस्तै जटिलतर्फ ३८ जना र नर्मल डेलीभरी ३२७ गरी एक वर्षको अवधिमा जम्मा ४२६ जना गर्भवती महिलाहरुले अस्पतालबाट सुरक्षित र

जीविकोपार्जनका लागि ३० जनालाई विभिन्न सहयोग

दार्चुला : गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपालले मालिकार्जुन गाउँपालिकाका ३० जनालाई विभिन्न सहयोग हस्तान्तरण गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र ८ का १० जनालाई २/२ ओटा मौरी सहितको घार, ३ जनालाई सिलाई मेसिन, एक जनालाई इन्टरलक मेसिन, ३ जनालाई २०२ ओटा बाखा, ८ जनालाई बाख्राको खोर सुधारका लागि जस्तापाता, सिमेन्ट, १ जनालाई फलफूल पसल सुधारका लागि जस्तापाता, सिमेन्ट सामग्री र ३ जनालाई खोर सुधारका लागि सिमेन्ट

गाउँघरमै राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता प्रदान

दार्चुला : दार्चुलाको लेकम गाउँपालिकामा घुम्ती सेवा सञ्चालन गरी नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन १२ गतेदेखि साउन १७ गतेसम्म सेवा सञ्चालन गरि नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएको हो । जेष्ठ नागरिक, अशक्त, असहाय र एकल महिला/पुरुषको सहजताका लागि स्थानीय तहको समन्वय र सहयोगमा गाउँघरमै गएर सेवा दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एवं सहायक प्रमुख

मालिकार्जुनमा योग शिविर र जात्रा मेलामा १० लाख खर्च

दार्चुला : मालिकार्जुन गाउँपालिकाले योग शिविर र जात्रा मेलामा १० लाख बढी खर्च गरेको छ । पालिकाले विभिन्न जात्रा मेला तथा शिविर सञ्चालन गरी १० लाख ७ हजार १५३ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार मालिकार्जुन आध्यात्मिक सम्मेलन र योग आवासीय योग प्रशिक्षण शिविरमा ५ लाख ४५ हजार २८८ रुपैयाँ खर्च भएको छ । यस्तै जात्रा मेला व्यवस्थापनमा ४ लाख ६१

बैतडीमा विद्युतको पोल छुदा करेन्ट लागेर बालकको मृत्यु

बैतडी : बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ गिरीबगरका केशब कोलीका १३ वर्षीय छोरा किरण कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । शनिवार दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गरिरहेका कोलीको विद्युतको पोलमा छुदाँ गम्भीर घाइते भएका थिए । घाइते कोलीलाई उपचारको लागि गोकुलेश्वर अस्पताल पु¥याउँदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी

डडेल्धुरामा नागरिक लोक वैज्ञानिक तालिम सम्पन्न

दार्चुला : महाकाली नदी बेसिनका महिला आर्थिक सशक्तीकरण केन्द्र अन्तर्गतका नागरिक लोक वैज्ञानिकहरुलाई तालिम दिइएको छ । दार्चुला, डडेल्धुरा र कन्चनपुर जिल्लाका महाकाली नदी बेसिन क्षेत्रमा रहेका नागरिक लोक बैज्ञानिकहरुका लागि २ दिने पुर्नताजगी तालिम दिइएको हो । महाकाली नदी बेसिन क्षेत्र अन्तर्गतका विभिन्न क्षेत्रमा रहेका पानीका मुहानहरु, नदीनाला र सामुदायिक स्तरमा रहेका विभिन्न पानीका स्रोतहरुको विभिन्न १० वटा पारामिटरमा परिक्षण गरी शुद्धता र जनस्वास्थ्य क्षेत्रमा पिउन योग्य र अयोग्य

दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । कोषसँग सोमवार औपचारिक सम्झौता गरेपछि अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको हो । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सुदूरपश्चिम प्रदेशको पहिलो पालिका पनि अपिहिमाल बनेको छ । गाउँपालिकामा कार्यरत १ सय ५० भन्दा बढी करार सेवाका कर्मचारी, स्वयंसेवक शिक्षक तथा अन्य अस्थायी श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । यसबाट पालिकाका कर्मचारीहरुको निवृतिभरण, बीमा र उपचार खर्च जस्ता महत्वपूर्ण

दुहुँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर

दार्चुला : संघीय सरकारको सरुवा अनुसार दिनेश जोशी दुहु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका छन्। जोशीले सोमवारबाट दुहु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । सोमवार एक कार्यक्रमका बीच जोशीको स्वागत गरिएको छ । दुहु गाउँपालिका उपाध्यक्ष शान्ति बम, अन्य जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई गाउँपालिकामा स्वागत गरेका हुन् । यसैबीच गाउँपालिकाले यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेर काम गरेका वीर सिंह धामीलाई धन्यवाद ज्ञापन

दुुहुँमा प्राविधिक कर्मचारीको फिल्ड भत्तामा ८ लाख ४ हजार १४ रुपैयाँ खर्च

दार्चुला : दुहुँ गाउँपालिकामा प्राविधिक कर्मचारीहरुको फिल्ड भत्तामा ८ लाख बढी खर्च भएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्राविधिक कर्मचारीहरुको फिल्ड भत्ता वापत ८ लाख ४ हजार १४ रुपैयाँ खर्च भएको हो । लेखापरिक्षण प्रतिवेदन अनुसार गाउँपालिकाले ७ जना प्राविधिक कर्मचारीलाई फिल्ड भत्ता वापत ८ लाख ४ हजार १४ रुपैयाँ भुक्तानी गरेको छ । दुहुँ गाउँपालिकाले कर्मचारी फिल्ड सुविधा सम्बन्धी कार्यविधि, २०७९ तयार पारी पालिका र वडामा कार्यरत प्राविधिकहरुलाई

कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय दार्चुला प्रदेशकै सर्वोत्कृष्ट

दार्चुला : कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय दार्चुला सुदूरपश्चिम प्रदेशमा सर्वोत्कृष्ट भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीले मातहतका कार्यालय प्रमुखहरु बीच आर्थिक वर्ष २०८१÷०८२ मा गरेको कार्य सम्पादन सम्झौता बमोजिम जिल्ला प्रहरी कार्यालय दार्चुला प्रदेशमा सर्वोत्कृष्ट भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर विकले शुक्रवार भौतिक तथा भर्चुअल माध्यमबाट एक वर्षको कार्य सम्पादन प्रगति समीक्षा कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा प्रदेश अन्तरगतका प्रहरी