विशेष

दार्चुलाका भरतले पारा ओलम्पिक खेल्ने

दार्चुला : नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारा ओलम्पिक-२०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनौट भएका नेपाल तेक्वान्दो संघले जनाएको छ। भरतले पारा ओलम्पिकमा के–४४ क्याटागोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौल समूहमा १२ खेलाडी रहनेछन्। छनौट हुने भरत अन्तिम खेलाडी हुन्। वरीयताका आधारमा ६ खेलाडी

दार्चुला भन्सारद्वारा ११ महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन

दार्चुला : दार्चुला भन्सार कार्यालयले ११ महिनामै वार्षिक राजस्व संकलनको लक्ष्य भेटाएको छ । चालू आर्थिक वर्षको एक महिना बाँकी छँदै कार्यालयले वार्षिक लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो । दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा ५४ लाख ९ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरिएको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख ७० हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा ३ लाख

हावाहुरीले उडायो विद्यालयको छाना, शैक्षिक सामाग्री पनि नष्ट

दार्चुला : हावाहुरीले दार्चुलाको शैल्यशिखर नगरपालिका–४ तल्लोकाँडापारीस्थित भुमिराज आविको छाना उडाएको छ । सोमवार साँझ चलेको हावाहुरीले विद्यालयको चार कोठे भवनको जस्तापाताले छाएको छाना उडाएको हो ।हावाहुरीले विद्यालयको छाना पूर्णरुपमा उडाएर जमिनमा थुपारेको विद्यालयका प्रधानाध्यापक शंकर दत्त भट्टले जानकारी दिए । यस्तै करिब ५० हजार बराबरका शैक्षिक सामाग्री पनि क्षति भएको उनले बताए । विद्यालयको छाना उडाएपछि विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । हावाहुले सो क्षेत्रको मकै बारीमा पनि क्षती

दुहुँ गाउँपालिकाले प्रशासकीय भवन र अस्पताल निर्माणको ठेक्का सम्झौता रद्ध गर्दै

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले दुई वटा ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । गाउँपालिकाले प्रशासकीय भवन निर्माण र १० शैय्या अस्पताल भवन निर्माणको ठेक्का सम्झौता रद्ध गर्न लागेको हो । जगदम्बा कौशिल यमुना जेभी, बुद्धनगर–१० काठमाडौंले निर्माणको जिम्मा पाएको अस्पताल निर्माण भवन दुहुँ गाउँपालिका–४ र वाई आर निर्माण कम्पनी प्रालि महेन्द्रनगर, कन्चनपुरले निर्माणको जिम्मा पाएको गाउँपालिकाको प्रशासकीय भवनको ठेक्का सम्झौता रद्ध गर्ने दुहु गाउँपालिकाले जनाएको छ । निर्माण कार्य

धारचुलामा नेपाली किशोरद्वारा चक्कु प्रहार गरी किशोरको हत्या

दार्चुला : भारतको पिथौरागढ जिल्लास्थित धारचुलामा नेपाली किशोरद्धारा त्यहाँका एक किशोरको हत्या गरिएको छ । धारचुला सिस्ता (छलमाछिलासो) बस्ने १७ वर्षीय अनुज कुमार सिस्तालको घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको हो । भारतीय प्रहरीका अनुसार शनिवार बिहान ११ बजेतिर दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेरा बस्ने अन्दाजी १६ वर्षीय सुबुराम लुहारले सिस्तालको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जनाएको छ । सिस्तालको हत्या गरी महाकाली नदीमा हाम फालेर भाग्न खोजेका लुहार नदीमा

७४ वर्षमा नागरिकता

दार्चुला : दार्चुलाकी एक महिलाले ७४ वर्षमा नागरिकता प्राप्त गरेकी छन् । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ बस्ने गोवा देवी टमटाले ७४ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी हुन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाको घरदैलो सेवा कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीमार्फत टमटालाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका नायव सुब्बा प्रेम खत्रीले जानकारी दिए । नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीको सर्जमिन र उनका नाती बिमल राम

दार्चुलामा एक महिला रुखबाट लडेर गम्भीर घाइते

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक महिला रुखबाट लडेर गम्भीर घाइते भएकी छन् । बुधवार घर नजिकै स्याउला काट्ने क्रममा रुखबाट लडेर शैल्यशिखर नगरपालिका वडा नम्बर ८ देवलकी कमला जोशी गम्भीर घाइते भएकी हुन् । जोशीको टाउँकोमा गम्भीर चोट लागेको स्थानीय विष्णुदत्त जोशीले जानकारी दिए । गम्भीर घाइते जोशीको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको उनले बताए । साथै उनको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि आफन्तले आग्रह गरेका छन्

‘पुतली सरकार दूतहरू नियमसम्मत देखिएनन्, दिएको तलब अनियमित भयो’

गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकाले राखेका सद्‍भावनादूतलगायत अन्य १३ कर्मचारी नियसम्मत नभएको खुलेको छ। महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनले डिलाशैनी गाउँपालिकाले राखेका सद्‍भावनादूतलगायत अन्य १३ कर्मचारी नियसम्मत नभएको खुलासा गरेको हो। ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को १ मा पालिकाले आफ्नो कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा कर्मचारी पदपूर्ति गर्ने व्यवस्था छ भने

सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज जाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिजमा वेष्ट इण्डिज जाने भएका छन्। नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने नेपालका बाँकी दुइ खेल खेल्न जान लागेको जानकारी दिएको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ। सम्मानित

अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले पनि आफू मातहतको आङ्गिक क्याम्पसको अतिक्रमित सयौँ बिघा जमिन खाली गराउन पहल थालेको छ। सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ। विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय