बोहराले छोडिन राप्रपा अध्यक्ष पद, दयालीको नेतृत्वमा तदर्थ समिति गठन
दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दार्चुलाका अध्यक्ष ईन्द्रा बोहराले अध्यक्ष पद छोड्दा प्रकाश दयालीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ । मंगलवार राप्रपा जिल्ला कार्य समितिको बैठकले सहसचिव रहेका दयालीको नेतृत्वमा तदर्थको जिल्ला कार्य समिति गठन गरेको हो । राप्रपाको जिल्ला उपाध्यक्षमा सुरज सिंह ऐतवाल, कृष्ण बहादुर कुँवर र चक्र बहादुर बम रहेका छन् । यस्तै सचिवमा आन सिंह महरा तथा प्रवत्तामा नरेन्द्र धामी छन् । राप्रपाको सदस्यमा धन










