शैल्यशिखरका कृषि प्राविधिक अधिकृत धामीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दार्चुला : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।कृषि समूहको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरू सेवाग्राहीबाट लिएको नगद ४ लाख १२ हजार रुपैयाँ, अशोकसिंह धामीको नाममा काटिएको ५ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए । कृषि समूहको बिल भुक्तानी










