समाचार

जीप दुर्घटनाका घाइते ३ जनाको हेलिकप्टरबाट उद्धार

दार्चुला : जीप दुर्घटनामा परी घाइते भएका ३ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गम्भीर घाइते मालिकार्जुन गाउँपालिका–८ पस्तीका जीप चालक ३० वर्षीय सुनिल जोशी, शैल्यशिखर नगरपालिका–५ का ७ वर्षीय सन्दिप रावल र बैतडीको डिलाशैनी गाउँपालिका–४ का ४१ वर्षीय उत्तम रोकायाको हेलिकप्टरबाट उद्धार गरी धनगढी लगिएको गोकुलेश्वर अस्पताल दार्चुलाका निमित्त मेसु डाक्टर उत्तम सिंह धामीले जानकारी दिए । यस्तै भारतको बिजनैरका १८ वर्षीय सोहिन शाहको गोकुलेश्वरमा उपचार भइरहेको

जीविकोपार्जनमा सशक्त बन्दै महिला

दार्चुला : सीमा नदी महाकाली किनारका महिलाहरु जीविकोपार्जनमा सशक्त बन्दै गएका छन् । सीडाको आर्थिक तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा सीआरडीएस नेपाल दार्चुलाले जिल्लामा ट्रोसा दोस्रो परियोजना अन्तर्गत महिलालक्षित विभिन्न जीविकोपार्जनका क्षेत्रमा काम गर्न थालेपछि यहाँका महिलाहरु सशक्त बन्दै गएका हुन् । दार्चुला जिल्लाका ५ पालिकामा ट्रोसा दोस्रो परियोजना लागू छ । जसअन्तर्गत १० वटा महिला आर्थिक सशक्तिकरण केन्द्र गठन भएका छन् । गाउँ–गाउँमा गठन भएका केन्द्र (समूह) मा आवद्ध

दार्चुलामा ८ जना जुवाखालबाट पक्राउ

दार्चुला : दार्चुलामा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछनास्थित किसन सिंह धामीको घरबाट जुवातास खेलिरहेको अवस्थामा किसनसहित ८ जना आइतवार दिउँसो पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका-४ बस्ने घरधनी २५ वर्षीय किसन सिंह धामी, ४० वर्षीय भवान सिंह धामी, ५१ वर्षीय ईन्द्र सिंह धामी, वर्ष ३४ का  मान सिंह धामी, मालिकार्जुन गाउँपालिका-३ बस्ने ६० वर्षीय मान सिंह धामी, सोही ठाउँका ६० वर्षीय

चालू आर्थिक वर्षमा दार्चुलामा ३२ लाख बढी भन्सार छलीको सामान बरामद

दार्चुला : दार्चुलामा चालू आर्थिक वर्षमा प्रहरीले ३२ लाख २० हजार ९९० मूल्य बराबरको भन्सार छलीको समान बरामद गरेको छ । चालू आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १५ गतेसम्मको तथ्यांक अनुसार प्रहरीले उक्त परिमाणको भन्सार छलीको समान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन २४ गते महाकाली नगरपालिका–८ धापबाट १३ हजार मूल्य बराबरको भन्सार छलीको चप्पल, खाने तेल, पास्ता, चिनी र बगोडेने विषादी पाउडर बरामद गरिएको छ

रैत्यौडाको लटिनाथ मन्दिरमा सप्तमीका दिन जात्रा लाग्दै

दार्चुला : महाकाली नगरपालिका-७ रैत्यौडामा अवस्थित लटिनाथ मन्दिरमा कात्तिक २३ गते जात्रा लाग्दैछ । हरेक वर्ष कात्तिक शुक्लपक्षको सप्तमी तिथिका दिन लटिनाथ मन्दिरमा रात्रीकालिन जात्रा लाग्ने गर्दछ । जात्राको दिन विशेष सांस्कृतिक विधिद्वारा पूजापाठ, भक्तजनहरूद्वारा दीयो-बत्ती प्रज्वलन, भजन-कीर्तन जस्ता धार्मिक कार्यहरू हुने लटिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

दार्चुलामा एक जना महाकाली नदीमा हाम फालेर बेपत्ता

दार्चुला : दार्चुलामा एक जना महाकाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्लाको महाकाली नगरपालिका-५ नमस्कार क्षेत्रबाट भोजपुर जिल्लाका अन्दाजी २६ वर्षीय प्रकाश खतिवडा महाकाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । सोमवार बिहान साढे ११ बजेतिर खतिवडा महाकाली नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा प्रहरी टोलि खटिएको छ भने सशस्त्र प्रहरी बल नेपाल

सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने विक पक्राउ

दार्चुला : सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विकले दार्चुलाका ईन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी

दार्चुलामा अवैध भन्सार छलीको समान ओसारी रहेको जीपसहित चालक पक्राउ

दार्चुला : दार्चुलामा प्रहरीले अवैध भन्सार छलीको समानसहित जीप र चालकलाई नियन्त्रणमा लिएको छ । बिहीवार बिहान जिल्ला सदरमुकाम खलंगाबाट गोकुलेश्वरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११९० नम्बरको जीपमा भन्सार छलीको समानसहित उक्त जीपका चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का सागर रानालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मालिकार्जुन गाउँपालिका–८ पस्तीस्थित सडकखण्डमा चेकजाँच गर्दा करीब ५ लाख ५८ हजार मूल्य बराबरको भन्सार

भाडादर चर्को भएको भन्दै समायोजनका लागि अनेरास्ववियुको प्रशासनलाई ज्ञापन

दार्चुला : जिल्लाका विभिन्न रुटमा चल्ने सवारीसाधनहरुले यात्रुबाट चर्को भाडा लिइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले प्रशासनलाई ज्ञापन बुझाएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई ध्यानार्षणसहितको ज्ञापन बुझाउँदै भाडादर समायोजनका लागि माग गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । मुख्यगरी पक्की सडकखण्ड दार्चुला–गोकुलेश्वर र गोकुलेश्वर–लटिनाथसम्मको भाडादर चर्को भएको अनेरास्ववियुले ज्ञापनमार्फत भनेको छ । छोटो दूरीमा सञ्चालित सवारीसाधनहरूले दार्चुला–देखि गोकुलेश्वरसम्म ५०० रुपैयाँ

दार्चुलाको व्याँस भ्याली होटलमा भारतीय नागरिक मृत फेला

दार्चुला : दार्चुलाको ब्यास भ्याली होटल एण्ड लजमा एक भारतीय नागरिक मृत फेला परेका छन् । शनिवार साँझ बास बस्न होटलमा आएका भारत पिथौरागढ जिल्ला ग्राम धूरा बलुवाकोट तहसील धारचूलाका अन्दाजी ३० वर्षीय कुन्दन सिंह रावत मृत फेला परेका हुन् । आइतवार बिहान ८ बजेतिर होटलमा रावत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ घटनास्थलमा अहिले प्रहरी खटिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ