हुलाकले राहदानी घरमै पुगाउने

हुलाकले राहदानी घरमै पुगाउने

दार्चुला : जिल्ला हुलाक कार्यालयले राहदानी (पासपोर्ट) सेवाग्राहीकै घरमा पु¥याउने भएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला हुलाक कार्यालय दार्चुला बीच राहदानी सेवा हुलाकमार्फत सेवाग्राहीसम्म पु¥याउने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौतामा राहदानी सेवा सेवाग्राहीकै घर ठेगानामा पु¥याउने उल्लेख छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार ‘शासकीय सुधार सम्बन्धी एकीकृत कार्यसूची’ कार्यान्वयन गर्ने उद्देश्यले राहदानी सेवा सेवाग्राहीकै घरसम्म पुगाउने कार्यका लागि हुलाकसँग सम्झौता भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । नेपाल सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्ययोजनाअन्तर्गत नागरिकलाई सहज रूपमा राज्यको सेवा घरमै उपलब्ध गराउने उद्देश्यले यो सेवा कार्यान्वयन गर्न लागिएको प्रजिअ पौडेलले बताए ।

सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयले वितरणका लागि तयार भएका राहदानीहरूको विवरण सहित हुलाक कार्यालयलाई उपलब्ध गराउनेछ । सेवाग्राहीले आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बरसहित तोकिएको फाराम भरी नियमानुसार लाग्ने शुल्क तिरीसकेपछि हुलाकमा पठाउने र हुलाकमार्फत सेवाग्राहीको घर वा बुझिलिने स्थानसम्म पुयाइने छ । यस्तै सम्बन्धित व्यक्ति नभेटिएमा वा अन्य कुनै कारणवश राहदानी वितरण गर्न नसकिएमा सोको स्पष्ट कारणसहित प्रशासन कार्यालयलाई जानकारी गराइने र राहदानी सुरक्षित रूपमा फिर्ता गरिने व्यवस्था गरिएको छ । राहदानीको सुरक्षा र गोपनियतालाई उच्च प्राथमिकता राख्ने जिम्मेवारी सम्बन्धित दुबै पक्षका हुनेछन् ।

जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच भएको सम्झौता अनुसार हाललाई राहदानी सेवा सेवाग्राहीसम्म पु¥याइने जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत विरेन्द्र सिंह धामीले बताए ।

हुलाक सेवामार्फत सेवाग्राहीकै घरसम्म राहदानी पुर्याउन सके सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्य सूचीको बुँदा नम्बर २७ मा उक्त योजना समावेश गरिएको हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *