दार्चुला : जिल्लाको लेकम गाउँपालिका–६ उचाकोटमा निर्माण भइरहेको मालिकार्जुन शोभाश्री मन्दिर पुनःनिर्माणका लागि सहयोगको अपिल गरिएको छ। हाल मन्दिरको पुनःनिर्माण कार्य जारी रहेकाले मन्दिर व्यवस्थापन समितिले स्थानीयवासी, समाजसेवी तथा शुभेच्छुकहरूसँग आर्थिक तथा अन्य सहयोग गर्न आग्रह गरेको हो।
समितिका अनुसार मन्दिर निर्माण कार्य गत चैत २७ गतेदेखि सुरु गरिएको छ। समितिका अध्यक्ष धिरेन्द्र सिंह धामी र सचिव रमेश सिंह धामीद्वारा हस्ताक्षरित अपिलमार्फत मन्दिर निर्माणलाई निरन्तरता दिन इच्छुक व्यक्ति तथा संस्थालाई प्रत्यक्ष सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिएको छ।
समितिले मन्दिरलाई आधुनिक शैलीमा पुनःनिर्माण गर्ने जनाएको छ। सहयोग गर्नुहुने महानुभावहरुले निम्न क्युआर कोडमार्फत सहयोग गर्न सक्ने जनाइएको छ । यो मन्दिरलाई शक्तिशाली देवताका रुपमा चिनिएको छ ।



यो खबर तपाईंलाई कस्तो लाग्यो?

