दार्चुला आउँदै गरेको जीप डडेल्धुरामा दुर्घटना, २ जनाको मृत्यु

दार्चुला आउँदै गरेको जीप डडेल्धुरामा दुर्घटना, २ जनाको मृत्यु


दार्चुला : धनगढीबाट दार्चुला आउँदै गरेको जीप गएराती डडेल्धुरामा दुर्घटना भएको छ । जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । धनगढीबाट दार्चुला तर्फ आइरहेको सु प प्र ०१–००१ज १८५० नम्बरको जीप दशरथ चन्द राजमार्ग सडक खण्ड अर्न्तगत डडेल्धुराको अमरगढी नगरपालिका-७, खसरेखान नजिक दुर्घटना हुदा दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ४५ वर्षका शोवन सिह लोथ्याल र हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कायालय डडेल्धुराका सुचना अधिकारी प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परि चालक बैतडी जिल्ला डिलाशैनी गाउँपालिका वडा नं. ३ वस्ने वर्ष अन्दाजी २० का अमृत घरेडी, दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका -१ वस्ने वर्ष अन्दाजी ३५ की सरस्वती लोथ्याल र दार्चुला जिल्लाकै मार्मा गाउँपालिका ३ वस्ने वर्ष अन्दाजी ५० का अमर सिंह घाईते भएका छन ।
घाईते तीनै जनाको उपचार डडेल्धुरा अस्पतालमा भईरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा रातीको समयमा जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने देखिएको छ । जीप करिब ४०० मिटर तल भीरमा खसेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *