माछापुच्छ्रे बैंकद्वारा विपन्न परिवारका लागि घर पुनर्निर्माण तथा आवश्यक सामग्री सहयोग

माछापुच्छ्रे बैंकद्वारा विपन्न परिवारका लागि घर पुनर्निर्माण तथा आवश्यक सामग्री सहयोग


दार्चुला, साउन ५ – माछापुच्छ्रे बैंक लिमिटेड, ब्याँस गाउँपालिका शाखाले व्यास गाउँपालिका–५, तिगरम बस्ने जयानन्द जोशीको परिवारका लागि घर पुनर्निर्माण गरी आवश्यक घरायसी सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विपन्न परिवारका लागि सहयोग गरेको हो ।

आर्थिक अभावका कारण जोशीको परिवार लामो समयदेखि अत्यन्तै जीर्ण र असुरक्षित घरमा बस्दै आएको थियो। उहाँका दुई जना पूर्ण रूपमा अपाङ्गता भएका छोरीहरू रहेका छन्। सुरक्षित छानाको अभाव, सुत्नका लागि बेड नहुनु तथा आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिनाइ भइरहेका कारण परिवार कष्टकर जीवन बिताउन बाध्य थियो।

परिवारको यही अवस्थालाई मध्यनजर गर्दै बैंकले CSR कार्यक्रममार्फत घरमा टिनको छाना जडान, भुइँमा कंक्रिट गर्ने, विद्युत् जडान गर्ने, दुईवटा बेड निर्माण तथा अपाङ्गता भएका बालबालिका र परिवारका लागि आवश्यक लत्ताकपडा, पोषणयुक्त खाद्य सामग्री र अन्य अत्यावश्यक घरायसी सामग्री उपलब्ध गराएको बैंकका शाखा प्रमुख लाल बहादुर बमले जानकारी दिए ।

सहयोग हस्तान्तरणपछि जोशी परिवारले बैंकप्रति आभार व्यक्त गर्दै यस सहयोगले सुरक्षित आवाससँगै सम्मानजनक जीवनयापन गर्न ठूलो राहत पुगेको प्रतिक्रिया दिएको छ। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा शाखाका प्रमुख लाल बहादुर बम, कर्मचारी दिपक भट्टको उपस्थिती रहेको थियो ।

माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक रूपमा पछाडि परेका समुदायको जीवनस्तर उकास्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *