हमास आक्रमणका मृतक परिवारसँग इजरायली राजदूतको भेटघाट

हमास आक्रमणका मृतक परिवारसँग इजरायली राजदूतको भेटघाट


दार्चुला : हमास आक्रमणमा परि मृत्यु भएका परिवारसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले भेटघाट गरेका छन् । मंगलवार मात्रै दार्चुला पुगेका राजदूत बासले बुधवार मालिकार्जुन गाउँपालिका–४ हुनैनाथका मृतक लोकेन्द्र सिंह धामीका परिवारसँग भेटघाट गरेका हुन् ।

परिवारसँगको भेटघाटमा बासले घटनाप्रति दुःख् व्यक्त गर्दै पारिवारिक अवस्था, मृतक धामीको रुचिको विषयबारे चासो लिदै सहयोगको लागि बचनबद्धता दिएका छन् ।

यस्तै उनले दार्चुलाको लेकम गाउँपालिका–५ का दीपेश राज विष्टका परिवारसँग पनि भेटघाट गर्नेछन् । विष्टको परिवार कञ्चनपुरस्थित भिमदत्त नगरपालिका–१५ निम्बुखेडा बस्दैआएका छन् । दार्चुलाबाट फर्केका राजदूत बासले कञ्चनपुरमा विष्टको परिवारसँग भेटघाट गर्ने बताइएको छ ।

प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट २० असोज २०८० मा दार्चुलाका धामी र विष्टसहित १० जना नेपाली विद्यार्थीको मृत्युु भएको थियो । हमासको आक्रमणमा परेका कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *