दार्चुला : महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरुमध्ये बढी बेरुजुमा ब्याँस गाउँपालिका परेको छ । ब्याँस गाउँपालिकाले कुल खर्चको ३.८८ प्रतिशत रकम बेरुजु गरेको छ।
त्यसपछि दोस्रो धेरै बेरुजु गर्ने पालिकामा शैल्यशिखर नगरपालिका रहेको छ। शैल्यशिखर नगरपालिकामा ३.५७ प्रतिशत बेरुजु देखिएको छ। यस्तै महाकाली नगरपालिकामा भने १.२८ प्रतिशत बेरुजु देखिएको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा कम बेरुजु अपिहिमाल गाउँपालिकामा देखिएको छ । त्यहाँ ०.३८ प्रतिशत बेरुजु छ । त्यस्तै लेकम गाउँपालिकाको बेरुजु २.१७ प्रतिशत, मालिकार्जुन गाउँपालिकामा ०.७१ प्रतिशत, दुहुँ गाउँपालिकाको ०.८३ प्रतिशत, मार्मा गाउँपालिकाको १.५४ प्रतिशत र नौगाड गाउँपालिकाको ०.८२ प्रतिशत रहेको महालेखाको प्रतिवदेनमा उल्लेख छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?