मालिकार्जुन गाउँपालिका–६ मा ४७० बाख्राको शिविरमार्फत औषधोपचार

मालिकार्जुन गाउँपालिका–६ मा ४७० बाख्राको शिविरमार्फत औषधोपचार

दार्चुुला : मालिकार्जुन गाउँपालिका–६ उकुमा शिविरमार्फत बाख्राहरुको उपचार तथा औषधि वितरण गरिएको छ । गैरसरकारी संस्था गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजीकरण र मालिकार्जुन गाउँपालिकाको समन्वयमा एक दिने पशु स्वास्थ्य शिविरमार्फत बाख्राहरुमा देखिएको रोग र बाह्य परजीवीको उपचार गरिएको हो ।

बुधवार सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमार्फत एक सय घरपरिवारका ४ सय ७० बाख्राहरुमा देखिएको विभिन्न रोगको उपचार गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाका सहकारी व्यवसाय विकास अधिकृत मनोरथ जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बाख्रामा लाग्ने रोगको नियन्त्रण तथा न्युनिकरणका लागि शिविर आयोजना गरी बाख्रालाई बाह्य परजीवी नियन्त्रणको खोप लगाइएको छ ।
यस्तै शिविरमा बाख्राका लागि जुकाको औषधि र भिटामिन वितरण गरिएको छ ।

मालिकार्जुन गाउँपालिकाका पशु प्राविधिक, एकिकृत सामुदायिक विकास परियोजनाका पशु प्राविधिक सिद्धार्थ सिंह धामीले शिविरमा सेवा दिएका थिए । बिहीवार वडा नम्बर ३ मडमा शिविर सञ्चालन गरिनेछ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *