दार्चुलामा पनि सुनचाँदी व्यवसायी आन्दोलित, सबै पसल बन्द

दार्चुलामा पनि सुनचाँदी व्यवसायी आन्दोलित, सबै पसल बन्द

दार्चुला : सरकारले सुनचाँदीमा लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । बिहिवार दार्चुलामा पनि सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरु आन्दोलित भएका हुन् ।

आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग राख्दै केन्द्रीय सर्कुलर अनुसार दार्चुला सुनचाँदी व्यवसायी विरोधमा उत्रेकोसुनचाँदी व्यवसायी संघ तदर्थ समिति दार्चुलाका अध्यक्ष सन्तोष दयालीले जानकारी दिए ।

सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागि प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने माग राख्दै सरकारलाई दबाद दिन विरोध जनाइएको उनले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *