दार्चुला : दार्चुलामा एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धी कष्टमाईज्ड शिक्षक तालिम सञ्चालन गरिएको छ । महाकाली नगरपालिकाको आयोजना, इयु र युनिसेफको आर्थिक सहयोग, सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पाँच दिने एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धी कष्टमाईज्ड शिक्षक तालिम सञ्चालन गरिएको हो ।
तालिमको बिहीवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिरले उद्घाटन गर्नुभएको छ ।
गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धी शिक्षकहरुका लागि जेठ २९ गतेदेखि असार २ गतेसम्म तालिम सञ्चालन हुने सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले जानकारी दिए ।
पाँच दिनसम्म चल्ने तालिममा कक्षा कोठमा शिक्षण, सीपमा रहित पाठ्यक्रम सम्बन्धी प्रशिक्षण गराइने उनले बताए ।
तालिमको उद्घाटन गर्दै महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिरले यस्तो खाले तालिमले वास्तविक सिकाई हुने र सिकाई उपलब्धी हासिल हुने बताए ।
महाकाली नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको उद्धेश्यमाथि सामुदायिक विकास केन्द्र डोटीका कार्यक्रम व्यवस्थापक हर्क बहादुर ऐरले प्रकाश पार्नुभएको थियो । तालिमको प्रशिक्षण शिक्षा विकास तथा समन्वय ईकाइ डोटीका प्रमुख भीम पनेरु, र मनोज भण्डारीले गरिरहनुभएको छ ।

तालिम कार्यक्रममा महाकाली नगरपालिकाअन्तर्गतका सघन कार्यक्रम लागू भएका १५ वटा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?