भोलि धारचुला बजार र सीमा पुल बन्दको घोषणा

भोलि धारचुला बजार र सीमा पुल बन्दको घोषणा


दार्चुला : कमलेश दानुका हत्यारा अहिलेसम्म पक्राउ नपरेको भन्दै भोलि धारचुला बजार र अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्ने घोषणा गरिएको छ । शनिवार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह बिष्टको नेतृत्वमा विभिन्न संघसंस्थाहरूले पिथौरागढ जिल्लाका उपजिल्लाधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै दबाद स्वरुप धारचुला बजार र सीमा पुल बन्दको घोषणा गरेका हुन् ।

ज्ञापनपत्र बुझाउनेमा राज्यमन्त्री अशोक नवियाल, राजेन्द्र नेगी, नवीन तलाल, नन्द विष्ट, जीवन बिष्ट, गुमान बिष्ट, रुकुम विष्ट, राजेश दानु, मनोज नागयाल, गोवर्धन दानु, देवेन्द्र सिंह आदि रहेका थिए । जुन ७ तारिखको दिन धारचुला बजारमा कमलेशको चक्कु प्रहार गरि हत्या गरिएको थियो ।

घटनामा संलग्न ३ जनाविरुद्ध पीडित परिवारले एफआईआर दर्ताको निबेदन दिएको छ । घटनापश्चात हत्याराहरु फरार रहेका छन् । उनीहरु नेपाल प्रवेश गरेको आशंका पनि गरिएको छ । हत्याराको सबैतिरबाट खोजी भइरहेको भारतीय प्रशासनले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *