क्रियाकलापमा आधारित बालकेन्द्रित सिकाई शिक्षक तालिम सम्पन्न

क्रियाकलापमा आधारित बालकेन्द्रित सिकाई शिक्षक तालिम सम्पन्न

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा जेठ १४ गतेदेखि संचालन गरिएको क्रियाकलापमा आधारित बालकेन्द्रित सिकाई शिक्षक तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तीन चरणमा संचालन गरिएको तालिम असार १ गते सम्पन्न गरिएको हो ।

जेठ १४ गतेदेखि जेठ २० गतेसम्म सञ्चालन गरिएको पहिलो चरणको तालिममा आधारभूत तहमा शिक्षण गर्ने विभिन्न विद्यालयका २१ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
दाेस्राे चरणमा पनि आधारभूत तहमा शिक्षण गर्ने विद्यालयका २१ जना शिक्षक सहभागिता रहेको थियो । जुन तालिम जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म ७ दिन चलेकाे हो ।

यसैगरी तेस्रो चरणमा प्रारम्भिक बाल विकास र शिक्षा तहमा शिक्षण गर्ने विभिन्न विद्यालयका २८ जना बालविकास शिक्षकहरु सहभागि थिए । तेस्रो चरणको तालिम जेठ ३० गतेदेखि असार १ गतेसम्म ३ दिन चलेकाे हो । तालिमको प्रशिक्षण दिपेन्द्र भट्टले गर्नुभएको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *