दार्चुला : दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दीपेन्द्र पालको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान निसिलको थागिल भन्ने स्थानमा माथिबाट खसेको ढुङ्गा टाउँकामा लाग्दा पाल गम्भीर घाइते भएका थिए ।
घटनास्थलबाट स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु¥याए पनि उपचारका क्रममा पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । पाल केही दिन अगाडि मात्रै बिदामा घर आएका थिए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?