दार्चुला अस्पतालमा नियमित शल्यक्रिया, एक वर्षमा ६१ गर्भवतीको शल्यक्रिया

दार्चुला अस्पतालमा नियमित शल्यक्रिया, एक वर्षमा ६१ गर्भवतीको शल्यक्रिया

दार्चुला : जिल्ला अस्पताल दार्चुलामा हाल नियमित रुपमा शल्यक्रिया भइरहेको छ । विगतका वर्षमा गर्भवती महिलाहरुको शल्यक्रिया गर्नुपर्ने अवस्था आउँदा रेफर हुने गरेकोमा अहिले अस्पतालमै नियमित शल्यक्रिया भइरहेको छ ।

अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा ६१ जना गर्भवती महिलाको शल्यक्रिया गरिएको छ । यस्तै जटिलतर्फ ३८ जना र नर्मल डेलीभरी ३२७ गरी एक वर्षको अवधिमा जम्मा ४२६ जना गर्भवती महिलाहरुले अस्पतालबाट सुरक्षित र सहज रुपमा सेवा पाएको सूचना अधिकारी भट्टले बताए ।

हाल जिल्ला अस्पतालमा तालिम प्राप्त दक्ष चिकित्सक हुँदा नियमित रुपमा शल्यक्रिया सेवा सञ्चालनमा रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । शल्यक्रियाका लागि जिल्ला अस्पतालमा अहिले वरिष्ठ मेडिकल अधिकृत डाक्टर रन्जित राज पाठक, मेडिकल अधिकृत डाक्टर राजेश अवस्थी र राजेश गिरी रहेका छन् । यस्तै अस्पतालमा ९ जना डाक्टरले सेवा दिइरहेका छन् ।

दक्ष चिकित्सक नहुँदा विगतका वर्षहरुमा गर्भवती महिलाहरुले डडेल्धुरा अस्पताल, कैलाली जिल्लाका अस्पताल र भारतको पिथौरागढ अस्पताल जानुपर्ने बाध्यता थियो । सीमित स्रोतसाधन र भौतिक पूर्वाधार अभावका बाबजुत पनि अस्पतालले नियमित सेवा दिइरहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *