दार्चुलामा स्यालको टोकाइबाट ७ जना घाइते

दार्चुलामा स्यालको टोकाइबाट ७ जना घाइते

दार्चुला: दार्चुलामा स्यालको टोकाइबाट ७ जना घाइते भएका छन् । पछिल्लो एक हप्तामा ७ जनालाई स्यालले टोकेको हो । हप्ता दिनको अवधीमा ७ जना स्यालले टोकेका बिरामी जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए ।

आइतवार र सोमवार मात्रै जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ६ मा ६ जनालाई स्यालले टोकेको छ । स्यालले टोकेका ४ जना जिल्ला अस्पतालमा आएकोमा २ जना रेफर भएको अस्पतालले जनाएको छ । व्याँस गाउँपालिका–६ को बसेडी, खातीगाउँ, दाहुती, पन्तोली र हुती लगायतका क्षेत्रमा साउन २५ र २६ गतेको विभिन्न समयमा स्यालले स्थानीय ६ जनालाई टोकेर घाइते बनाएको वडा सचिव बिरेन्द्र धामीले जानकारी दिए । ब्यास गाउँपालिकाले पालिकाको वडा नम्बर ३,४,५ र ६ वडामा स्यालले आक्रमण गर्न थालेको बताएको छ ।स्यालले मानिसहरुमाथि आक्रमण गर्न थालेपछि पालिका र वडाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

साउन महिनामा मात्रै ७ जना स्यालले टोकेका बिरामी अस्पताल आएका छन् । साउन २० गते महाकाली नगरपालिका वडा नम्बर ५ का एक जनालाई पनि स्यालले टोकेको थियो ।

साउन महिनामा १४ जना महिला र २२ जना पुरुष गरी ३६ जनाले रेबिजविरुद्धको खोप लगाएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले बताए । अहिले जिल्ला सदरमुकाम खलंगामा छाडा छोडिएका कुकुरहरुले पनि धेरै मानिसहरुलाई टोक्ने गरेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *