वन लसुनसहित एक महिला पक्राउ

वन लसुनसहित एक महिला पक्राउ


दार्चुला : दार्चुलामा एक महिला वन लसुनसहित पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नौगाड गाउँपालिका-४ सिप्टीकी ३० वर्षीया धाना धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।

सोमवार अप्राहन्न ४ बजेतिर भारतको धारचुलाबाट आउदै गरेकी धामीलाई नेपाल-भारत जोड्ने खलंगा सीमापुलमा खटिएको अस्थायी प्रहरी पोष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलि र सशस्त्र प्रहरीको टोलिले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

उनको साथबाट ५ किलोग्राम वनलसुन फेला पर्दा बरामद गरिएको प्रहरीले जनाएको छ । धामीले कोपिला आहारको थैलोभित्र लुकाइछिपाइ वन लसुन ल्याएकी थिइन् ।

सङ्कलन पुर्जी (अनुमती पत्र) बिना भारतबाट नेपाल भित्र्याइरहेको वन लसुनसहित महिलालाई पक्राउ गरी डिभिजन वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *