नौगाड गाउँपालिकाले कृषकहरुबाट घ्यु, मह र दाल किन्ने

नौगाड गाउँपालिकाले कृषकहरुबाट घ्यु, मह र दाल किन्ने


दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले किसानहरुबाट घिउ, मह र दाल किन्ने भएको छ । गाउँपालिकाले सुत्केरी भएका महिलाहरुका लागि स्थानीय उत्पादनमा आधारित खाद्यान्न घ्यु, मह र दाल किन्न लागेको हो ।

गाउँपालिकामा सञ्चालित बहुक्षेत्रिय पोषण कार्यक्रम र उपाध्यक्ष कोसेली कार्यक्रमको साझेदारीमा स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई घिउ, मह र दाल वितरण गर्ने कार्यक्रम रहेकाले त्यसको लागि स्थानीय उत्पादन गाउँपालिकाले किन्न लागेको उपाध्यक्ष जगत सिंह ठगुन्नाले जानकारी दिए ।

बुधवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत पुष्कर सिंह धामीले एक सूचना जारी गर्दै उल्लेखित परिमाणमा कृषि सहकारी, कृषक समूह, कृषि फर्म र कृषकहरुलाई खाद्य सामग्री विक्रीका लागि सूचित गरेका छन् । गाउँपालिकाले घ्यु २ सय ५० किलोग्राम, मह २ सय ५० किलोग्राम र दाल पाँच सय किलोग्राम आवश्यक पर्ने जनाएको छ । दालमा सेतो राज्मालाई प्राथमिकता दिएको छ ।

खाद्य सामग्री उपलब्ध गराउन इन्छुक कृषकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । पोषण सहजकर्ता अल्का ठगुन्नालाई सम्पर्क व्यक्ति तोकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कृषकहरुबाट स्थानीय खाद्य सामग्री किन्ने भएपछि कृषकहरुले बजार पाउने र कृषि प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *