दार्चुला : सडकको पहुँचबाट टाढा रहेका ब्याँस गाउँपालिका–२ को दुम्लिङ र राप्लामा खाद्यान्न ढुवानी भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अरुवा मोटो चामल ढुवानी भइरहेको हो ।

कात्तिक ३० गते मालसम्म ट्याक्टर र त्यहाँबाट दुम्लिङका लागि खच्चडमार्फत चामल ढुवानी गरिएको बिर बेताल ढुवानी सेवाका प्रतिनिधि प्रेम सिंह धामीले जानकारी दिए । मंगलवार राप्ला वितरण केन्द्रका लागि चामल ढुवानी गरिएको छ । गाउँपालिकाले माग गरेअनुसार ब्याँस क्षेत्रका लागि खाद्यान्न आपूर्ति भइरहेको उनले बताए । प्रतिकिलोग्राम ५७ रुपैयाँमा उक्त अरुवा मोटो चामल विक्री हुनेछ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

