दार्चुला : भोलि जिल्ला अस्पताल दार्चुलाले ओपिडी सेवा बिहान ८ बजेदेखि मध्यान्न१२ बजेसम्म सञ्चालन गर्ने भएको छ । आइतवार अस्पतालले आफ्नो ४१ औं वार्षिकोत्सव मनाउँदैछ ।
वार्षिकोत्सवको दिन अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए ।
तर, इमेरजेन्सी सेवा भने २४ सै घण्टा सञ्चालनमा रहने अस्पतालले जनाएको छ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

