एमाले केन्द्रीय कमिटि सदस्यमा दार्चुलाबाटै ४ जनाको उम्मेदवारी

एमाले केन्द्रीय कमिटि सदस्यमा दार्चुलाबाटै ४ जनाको उम्मेदवारी


दार्चुला : नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि दार्चुलाबाट चार जनाको उम्मेदवारी परेको छ । केन्द्रीय कमिटि सदस्यका लागि तीन जना खुला र एक जनाको भूगोलबाट उम्मेदवारी परेको हो ।
एमाले केन्द्रीय कमिटी सदस्य खुलामा गणेश सिंह ठगुन्ना, हरदेव जोशी र धर्मानन्द मन्यालको उम्मेदवारी परेको छ भने सुदूरपश्चिम प्रदेश भूगोलबाट प्रेम सिंह धामीको उम्मेदवारी छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट केन्द्रीय कमिटी सदस्य पदमा गणेश सिंह ठगुन्ना र हरदेव जोशीको नाम खुलेको थियो । तर, केन्द्रीय कमिटी खुलामै उम्मेदवारी दिएका मन्यालको भने पक्ष खुलेको छैन् ।

उनीहरुको प्रारम्भिक नामावली सूचि सार्वजनिक भएको छ । एमालेमा अहिले ईश्वर पोखरेल र केपि शर्मा ओली पक्ष चुनावी मैदानमा उत्रेको छ । एघारौ महाधिवेशनको मतदान प्रक्रिया मंगलवार हुनेछ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *