महाकाली नगरपालिका–४ मा राप्रपाको संगठन विस्तार, महिला अध्यक्ष चयन

महाकाली नगरपालिका–४ मा राप्रपाको संगठन विस्तार, महिला अध्यक्ष चयन


दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले महाकाली नगरपालिका–४ मा संगठन विस्तार गरेको छ । शनिवार उर्मिला निरौलाको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । वडा समिति उपाध्यक्षमा सरस्वती भुल, सचिवमा मुकेश राम भुल, सहसचिव चन्दन राज निरौला, कोषाध्यक्षमा धर्म राज दयाली चयन भएको उनले बताए । यस्तै सदस्यमा अनिसा निरौला, सपना दयाली, रतनादेवी निरौला, सुस्मा निरौला, ईन्द्रा निरौला र सन्तोष गौतम चयन भएका छन् ।

वडा अधिवेशनको छलफल कार्यक्रममा वडा समिति गठन गरिएको हो । समिति गठन कार्यक्रममा राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयाली, उपाध्यक्ष कृष्ण बहादुर कुँवर, चक्र बहादुर बम, संयोजक पदम राज खत्री लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पछिल्लो समय दार्चुलामा राप्रपाले सङ्गठन बिस्तारलाई तीव्रता दिएको जनाएको छ । जिल्लाका अन्य वडामा पनि राप्रपाले संगठन विस्तार र जनता जगाउँ अभियान सञ्चालन गर्ने अध्यक्ष दयालीले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *