गैसस महासंघ नेपाल दार्चुलाको अध्यक्षमा कुँवर, १३ सदस्यीय समिति गठन

गैसस महासंघ नेपाल दार्चुलाको अध्यक्षमा कुँवर, १३ सदस्यीय समिति गठन

दार्चुला : गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको पाचौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदमुकाम खलंगामा भएको गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको पाँचौ अधिवेशनबाट ताराकेशरी कुँवर अध्यक्षमा चयन भएकी छन् । समितिको उपाध्यक्षमा अशोक राज ओझा, सचिवमा नरेन्द्र सिंह कार्की, उप–सचिव खडक सिंह ठगुन्ना र कोषाध्यक्षमा शुक्लावती बुढाथोकी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा प्रकाश सिंह सामन्त, पुष्प राज जोशी, कलावती जोशी, गगन विष्ट, राजेन्द्र सिंह धामी, विस्ना धामी, भगवती बडाल र विष्णु दत्त भट्ट चयन भएका छन् । गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्राई, महासचिव देवी खड्का, उप–महासचिव किरन थापा, भव राज रेग्मी, सचिव सावित्रा घिमिरे, गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रेम महर, सहईन्चार्ज कैशिला चौधरी, सचिव लोकमान धामीको उपस्थितिमा कुँवरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।

गैर सरकारी संस्था महासंघ दार्चुलाका निवर्तमान अध्यक्ष विष्णु दत्त भट्टको अध्यक्षतामा बसेको पाँचौ जिल्ला अधिवेशन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको प्रमुख आतिथ्यता रहेको थियो । नयाँ नेतृत्वले जिल्लाभित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ । गैसस महासंघमा १३ वटा संस्था आवद्ध छन् ।

यसैबीच अन्तर पुस्ता सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ । एनजीओ महासंघ नेपाल गण्डकी प्रदेशको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा जिल्लामा अन्तर पुस्ता संवाद गरिएको हो । जिल्लामा क्रियाशिल राजनीतिक दल, नागरिक समाज र जेनजी पुस्ताको सहभागितामा संवाद गरिएको गैसस महासंघ नेपाल दार्चुलाका नवनिर्वाचित उपाध्यक्ष अशोक राज ओझाले जानकारी दिए । खासगरी सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक दलबीच निर्वाचन प्रकृयामा सहभागिता र जेनजी पुस्तालाई सँगै कसरी लिने भन्ने विषयमा अन्तर पुस्ता सम्वाद गरिएको उनले बताए । संवादमा प्यानल छलफल गरिएको थियो ।

प्यानल छलफलमा नेपाली काँग्रेसका पुष्कर राज जोशी, नेकपा एमालेका ज्ञानेन्द्र घर्ती, नेपाली कम्युनिष्ट पार्टीका खडक सिंह धामी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सिंह सामन्त, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव सावित्रा घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्र सिंह धामी, नवपुस्ताबाट खडक ठगुन्ना र कृष्ण सिंह धामीले सहभागिता जनाएका हुन् । कार्यक्रममा सहजीकरण पत्रकार नरेन्द्र सिंह कार्कीले गरेका थिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *