दार्चुला : भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र माविको भवनमा हुने भएको छ । प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र रहेको दार्चुलाको मतदानको मतगणना महेन्द्र माविमा कायम गरिएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।
बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गर्दै महेन्द्र माविमा मतगणना स्थल कायम गरिएको जनाएको छ । उक्त सूचनामा सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र समय प्रकाशन गरिने उल्लेख गरिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

