मालिकार्जुनको एम्बुलेन्समा पाइप भेटिदा बरामद

मालिकार्जुनको एम्बुलेन्समा पाइप भेटिदा बरामद


दार्चुला : बुधबार मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्समा खानेपानीको पाइप फेला पर्दा बरामद गरिएको छ । शैल्यशिखर नगरपालिका-६ स्थित पनेबाँजबाट प्रहरीले पाइप बरामद गरेको हो । बुधबार बिहान जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुन गाउँपालिका केन्द्र गइरहेको पालिकाको एम्बुलेन्समा पाइप र एक मौरीको घार फेला पर्दा बरामद गरिएको छ ।

मालिकार्जुन प्रहरीले उक्त पाइप नियन्त्रण लिइ चौकी लगेको छ । एम्बुलेन्स चालक जय सिंह धामीका अनुसार मालिकार्जुनबाट बिरामी लगेर जिल्ला अस्पताल दार्चुला छाेडेर फर्कने क्रममा चुच्चैस्थित छाेरीकाे घरबाट पाईप लिएको र बाटोमा एक स्थानीय भेटिदा उनको मौरीको घार पनि एम्बुलेन्समा हालिएको हो । पाइप आफ्नै भएको उनको भनाइ छ ।

मौन अवधिको समयमा एम्बुलेन्समा यस्ता समान भेटिएकाले उक्त समान नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *