दार्चुला : दार्चुलामा रेबिजविरुद्धको खोप अभाव भएको छ। जिल्ला अस्पताल दार्चुलाले खोप अभाव भएपछि सेवा बन्द भएको जनाएको छ । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका छन् ।
जिल्ला अस्पताल दार्चुलाका निमित्ति मेडिकल सुपरिटेन्डेन डा. रबिन्द्र भट्टराइले अस्पतालबाट नि:शुल्क रुपमा लगाउँदै आएको रेबिज विरुद्धको खोप हाल अस्पतालमा आपूर्ति नभएको हुँदा सेवा बन्द गरिएको बताए । रेविज विरुद्धको खोप आपूर्ति हुने ठाउँमा समेत नभएकोले हाललाई सेवा बन्द भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन नसकेको जनाएको छ । रेविज विरुद्धको खोप आउन साथ पुन सेवा सुचारु गर्ने गरी अहिलेलाई सेवाग्राहीलाई अस्पताल नआउने पत्रमा भनिएको छ ।
धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ । आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिजविरुद्धको खोप उपलब्ध हुन नसकेको बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

