दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेम राज भट्ट उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालयले उनलाई जेठ महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
चालू आर्थिक वर्षमा दर्ता भएका तथा विगतदेखि पेन्डिङ रहेका मुद्दाहरूको सफल अनुसन्धान, फरार प्रतिवादीहरूको खोजतलास तथा पक्राउ, लागूऔषध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक गतिविधि सञ्चालन तथा मातहत प्रहरी कर्मचारीहरूको प्रभावकारी परिचालनमा महत्वपूर्ण भूमिका खेलेकाले भट्टलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै नगदसहित पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यलय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक गौरव महतले जानकारी दिए ।
भट्टले चालू आव २०८२/०८३ का लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय दार्चुलाबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन, जिल्लामा हुने अपराधहरूको तथ्याङ्क विश्लेषण तथा कार्ययोजना निर्माणमासमेत उल्लेखनीय योगदान गरेको जनाइएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

