विश्व भन्सार दिवसः बिरामीलाई फलफूल र अनाथ बालबालिकालाई झोला वितरण
दार्चुला : अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा दार्चुला भन्सार कार्यालयले जिल्ला अस्पताल दार्चुलाका बिरामीलाई फलफूल र महेन्द्र माविको छात्राबासमा रहेका अनाथ बालबालिकालाई झोला वितरण गरेको छ । शनिवार जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका १४ जना बिरामीहरुलाई फलफूल र महेन्द्र माविको छात्राबासमा रहेका २० जना अनाथ बालबालिकालाई झोला वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख दिनेश धामीले जानकारी दिए । ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शनिवार महेन्द्र माविका प्रधानाध्यापक दामोदर जोशीको उपस्थितिमा गल्फैस्थित










