नजरिया

माओवादीले अघि सारेका कामको जस एमाले, काँग्रेसले लिए : केन्द्रीय सदस्य जोशी

दार्चुला : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दार्चुला इन्चार्ज लक्ष्मण दत्त जोशीले माओवादीले अघि सारेका कामको जस एमाले, काँग्रेसले लिएको बताएका छन् । बुधवार दार्चुला सदरमुकाम खलंगामा पत्रकार भेटघाट गर्दै केन्द्रीय सदस्य जोशीले जिल्लाको सन्तुलित विकासका लागि माओवादीले थुप्रै काम गरेको भएपनि जस पाउन नसकेको बताएका हुन् । उनले भने– ‘हामीले गर्दै जाने हो, जनताले बुझिहाल्छन् भन्ने सोच्यौ । सामाजिक सञ्जालबाजी पनि गरेनौ, संचार जगतसम्म पनि समन्वय भएन् त्यसैले

सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने विक पक्राउ

दार्चुला : सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विकले दार्चुलाका ईन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी

दार्चुलामा अवैध भन्सार छलीको समान ओसारी रहेको जीपसहित चालक पक्राउ

दार्चुला : दार्चुलामा प्रहरीले अवैध भन्सार छलीको समानसहित जीप र चालकलाई नियन्त्रणमा लिएको छ । बिहीवार बिहान जिल्ला सदरमुकाम खलंगाबाट गोकुलेश्वरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११९० नम्बरको जीपमा भन्सार छलीको समानसहित उक्त जीपका चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का सागर रानालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मालिकार्जुन गाउँपालिका–८ पस्तीस्थित सडकखण्डमा चेकजाँच गर्दा करीब ५ लाख ५८ हजार मूल्य बराबरको भन्सार

माओवादी केन्द्र दार्चुलाको जिल्लाभरी कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

दार्चुला : नेकपा माओवादी केन्द्र दार्चुलाले जिल्लाका नौ वटै स्थानीय तहमा चाडपर्वको शुभकामना तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक ४ गतेदेखि सुरु गरिएको पालिकास्तरीय कार्यक्रम मंगलवार सम्पन्न भएको हो ।मंगलवार नौगाड गाउँपालिकामा चाडपर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । नेकपा माओवादी केन्द्र नौगाड गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम गरिएको हो । मंगलवार नौगाडमा कार्यक्रम गरिएसँगै जिल्लाव्यापी कार्यक्रम सम्पन्न भएको नेकपा माओवादी केन्द्र दार्चुला जिल्ला समन्वय

सेवा निवृत शिक्षकलाई महाकाली नगरपालिकाको सम्मान

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाले सेवा निवृत शिक्षकहरुलाई सम्मान गरेको छ । लामो समय शिक्षण पेसा गरी सेवा निवृत हुनुभएका महाकाली नगरपालिकाका विद्यालयमा कार्यरत चार जना शिक्षकलाई सम्मान गरिएको महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हेमराज जोशीले जानकारी दिए । लामो समयदेखि शिक्षण पेसामा रही चालू आर्थिक वर्षको साउन देखि असोज महिनासम्म सेवा निवृत हुनु भएका महाकाली नगरपालिकाका शिक्षकलाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको उनले बताए ।

महाकाली नगरपालिकाका शिक्षकहरुका लागि संचालित तालिम सम्पन्न

दार्चुला : विद्यालयमा विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइ क्रियाकलाप सञ्चालनका निम्ति महाकाली नगरपालिकाका शिक्षकहरुका लागि आयोजना गरिएको तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालित क्षमता विकास तालिमको सोमवार सम्पन्न गरिएको हो । महाकाली नगरपालिका अन्तर्गतका आधारभूत विद्यालय तहमा पढाउने शिक्षकहरुका लागि दुई चरणमा गरेर क्षमता विकास तालिम दिइएको सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश

भाडादर चर्को भएको भन्दै समायोजनका लागि अनेरास्ववियुको प्रशासनलाई ज्ञापन

दार्चुला : जिल्लाका विभिन्न रुटमा चल्ने सवारीसाधनहरुले यात्रुबाट चर्को भाडा लिइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले प्रशासनलाई ज्ञापन बुझाएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई ध्यानार्षणसहितको ज्ञापन बुझाउँदै भाडादर समायोजनका लागि माग गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । मुख्यगरी पक्की सडकखण्ड दार्चुला–गोकुलेश्वर र गोकुलेश्वर–लटिनाथसम्मको भाडादर चर्को भएको अनेरास्ववियुले ज्ञापनमार्फत भनेको छ । छोटो दूरीमा सञ्चालित सवारीसाधनहरूले दार्चुला–देखि गोकुलेश्वरसम्म ५०० रुपैयाँ

भ्रष्टाचार फलाउने निर्वाचन प्रकृया

लेख : लोकतन्त्रमा चुनावको महत्व अत्यन्तै उच्च हुन्छ, आवधिक निर्वाचन लोकतन्त्रको आधारशिला हो, जसको माध्यमबाट नागरिकले आफ्नो प्रतिनिधि चुन्ने, सार्वभौम अधिकारको प्रयोग गर्ने र सरकार गठनमा प्रत्यक्ष सहभागी हुने अवसर प्राप्त गर्दछन् । समग्रमा चुनाव लोकतन्त्रको प्राण हो, जसले जनताको शक्ति, समानता, पारदर्शिता र सरकारमा सहभागितालाई सुनिश्चित गर्छ साथै यसले समाजलाई राजनीतिक सामाजिक र आर्थिक रूपमा सशक्त बनाउँछ ।विभिन्न देशहरूको लोकतान्त्रिक प्रक्रियामा विभिन्न निर्वाचन प्रणालीहरू अभ्यासमा आएका छन् । हाम्रो

दार्चुलाको व्याँस भ्याली होटलमा भारतीय नागरिक मृत फेला

दार्चुला : दार्चुलाको ब्यास भ्याली होटल एण्ड लजमा एक भारतीय नागरिक मृत फेला परेका छन् । शनिवार साँझ बास बस्न होटलमा आएका भारत पिथौरागढ जिल्ला ग्राम धूरा बलुवाकोट तहसील धारचूलाका अन्दाजी ३० वर्षीय कुन्दन सिंह रावत मृत फेला परेका हुन् । आइतवार बिहान ८ बजेतिर होटलमा रावत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ घटनास्थलमा अहिले प्रहरी खटिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

रास्वपा दार्चुलाले भोलि सदरमुकाममा बिरोध र्‍याली निकाल्दै

दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले भोलि जिल्ला सदरमुकाममा खलंगामा बिरोध र्‍याली निकाल्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै त्यसका विरुद्ध शान्तिपूर्ण बिरोध र्‍याली निकालिने रास्वपा दार्चुलाका उपसभापति राजेन्द्र पन्तले जानकारी दिए । र्‍याली बिहान ११ बजे सदरमुकामको बाङ्गाबगड जीप पार्क (खानेपानी ट्याङ्की) बाट सुरु गरिने उनले बताए । जीप पार्क हुँदै बजार परिक्रमा गर्दै पुलघाटमा कोणसभा गरिने रास्वपाले जनाएको छ ।