बन्धक बनाइएका विपिन जोशीको रिहाइको माग गर्दै हस्ताक्षर संकलन
दार्चुला : प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले बन्धक बनाइ राखेका विपिन जोशीको रिहाइको माग गर्दै दार्चुलामा हस्ताक्षर संकलन गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले बृहत हस्ताक्षर संकलन गरेको हो । जोशीको सकुशल रिहाइका लागि कुटनीतिक पहल गर्न सरकारलाई दबाव दिने उद्देश्यले क्याम्पस/विद्यालयका विद्यार्थी लगायत आम नागरिकको हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । शुक्रवार दार्चुलामा दार्चुला बहुमुखी क्याम्पस जाने गेट










