भगवती विकास बहुउद्देश्यीय सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
दार्चुला : भगवती विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला धामीको अध्यक्षतामा सञ्चालन भएको साधारणसभा कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाका पूर्व अध्यक्ष धनराज जोशीको प्रमुख तथा जिएनआई÷सिआरडिएस नेपालका परियोजना अधिकृत मनोरथ जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । २०६६ सालमा स्थापना गरिएको संस्था २०६६ साल माघ ८ गते दोस्रो भेला सम्पन्न भई श्री भगवती विकास बचत तथा ऋण सहकारी










