नेपाली महिला क्रिकेट टोली पहिलोपल्ट ट्वान्टी–२० विश्वकप छनौटमा
काठमाडौँ : नेपाली महिला क्रिकेट टोली पहिलो पटक ट्वान्टी–२० क्रिकेटको विश्वकप छनौटमा पुगेको छ । कप्तान इन्दु बर्माले पुनः एक पटक नेतृत्वदायी इनिङ्स खेलेपछि नेपालले थाइल्यान्डको राजधानी बैंककमा भइरहेको महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनौटको ‘सुपर थ्री’ मा सोमवार यूएईलाई ५ विकेटले पराजित गर्दै विश्वकप छनौटमा पुगेको हो थाइल्यान्डले अघिल्लो दिन यूएईलाई ५४ रनले पराजित गरिसकेको अवस्थामा नेपालले सोमवार यूएईविरुद्धको खेलमा विजय हात पारेमा एक खेलअगावै ट्वान्टी–२० विश्वकप छनौटमा पुग्ने