स्ववियु निर्वाचन : दार्चुलाका तीन क्याम्पसमा पदाधिकारी निर्वाचित घोषणा
दार्चुला : दार्चुलाका तीन क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गरेको छ । सर्वसम्मत चयन भएका स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो । त्रिविका सम्बन्धन प्राप्त दार्चुलाका ५ क्याम्पसमा तीन विद्यार्थी संगठनहरुबीच आपसी समझदारीमा नेतृत्व सर्वसम्मत चयन भएको थियो । सर्वसम्मत चयन भएका दुई क्याम्पसहरुले भने अन्तिम नामावली सार्वजनिक गरेका छैनन् । नामावली सार्वजनिक नगर्ने क्याम्पसमा अपिनाम्पा क्याम्पस हुति र शंकरपुर क्याम्पस पस्ती रहेका छन्