स्थानीय

निवर्तमान अध्यक्ष धामी जिल्लाका समस्या लगेर विभिन्न मन्त्रालय धाउँदै

सुन्दर सिंह धामीदार्चुला : मालिकार्जुन गाउँपालिका निवर्तमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी अहिले पालिकाका समस्याहरुको पोकोसहित मन्त्रालय तथा तिनका विभागहरुमा प्रत्येक दिन धाउने गरेका छन् । ग्रामीण बस्तीका प्रमुख समस्याहरु लिएर उहाँ अधिकांस समय अहिले मन्त्रालयमा भेटिने गरेका छन् । पछिल्लो समय राजनीतिक दलहरु र नेताप्रति वितृष्णा पैदा भैरहेको बेला आफ्नो नीजि स्वार्थ भन्दामाथि उठेर धामी निरन्तर जनताको सेवामा तल्लिन छन् । तत्कालिन मालिकार्जुन गाउँपालिकाका अध्यक्ष रहेकां नेपाली काँग्रेस दार्चुलाका

भारतको तटबन्ध निर्माण कार्य रोक्न एमालेको माग

दार्चुला : दार्चुलास्थित महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण कार्य रोक्न एमालेले माग गरेको छ । नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएर एकतर्फीरुपमा निर्माण भइरहेको तटबन्धको काम रोक्न माग गरेको हो । दार्चुलाको महाकाली नगरपालिका–५स्थित बिरेन्द्र वन पारिपट्टि भारतले तटबन्ध निर्माण गरिरहेको छ । वि. सं. २०७० सालमा महाकालीमा आएको बाढीले नेपालतर्फको धार परिवर्तन गरी भारततर्फ पुयाएकोमा अहिले आएर उक्त

चौलानी नदीमा पुरुषको शव फेला

दार्चुला : दार्चुलाको चौलानी नदीमा वेवारिसे शव फेला परेको छ । बुधवार दिउँसो लेकम गाउँपालिका–१ खेतालस्थित चौलानी नदीमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । शवको पहिचान हुन नसकेको उनले बताए । नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले शवको पहिचानका लागि मृतकको फोटो

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

दार्चुला : काठमाडौँ केन्द्रीत शिक्षकहरुको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रको बैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान रहेको भएपनि शिक्षक तथा विद्यालय कर्मचारीहरुको आन्दोलनले भर्ना अभियान प्रभावित भएको हो । दार्चुलामा पनि शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित बनेको छ । जिल्लाको महेन्द्र मावि खलंगा, मालिकाकार्जुन मावि धाप, शैल्यशिखर नगरपालिकाको पशुपति भवन मावि ग्वानी, लेकम गाउँपालिकाको लटिनाथ मावि चौपाता, अपिहिमाल गाउँपालिकाको डाडाबाग आवि

दार्चुलामा ट्याङ्करको ठक्करबाट ऐरीको मृत्यु

दार्चुला : दार्चुलामा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिश सिंह ऐरी रहेका छन् । आइतवार दिउँसो साढे ३ बजेको समयमा नौगाड गाउँपालिका–५ सौकेबगरस्थित गोकुलेश्वर–नौगाड भित्रि सडकखण्डमा ब्रज ग्रुप कन्ष्ट्रक्सनको बा ३ क २३९९ नम्बरको पानी बोक्ने ट्याङ्करले सडक छेउमा रहेका ऐरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुृर रावतले जानकारी

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा, पौडेल आउँदै

दार्चुला : दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीवार प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा गरेको हो । २०८० चैत १२ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी जोशीको १२ महिना पछि गृह मन्त्रालय सरुवा भएको छ । जोशीको सरुवा सँगै उनको ठाउँमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जिम्मेवारीसहित पठाइएको छ । जोशी आगामी जेठमा सेवा निवृत समेत हुँदैछन्

अपिहिमालमा विद्यालय व्यवस्थापन, परामर्श र सुशासनको लागि प्रधानाध्यापकलाई तालिम

दार्चुला : अपिहिमाल गाउँपालिकामा विद्यालयका प्रधानाध्यापकहरुका लागि तालिम सञ्चालन गरिएको छ । गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुका लागि विद्यालय व्यवस्थापन, परामर्श र सुशासनका निम्ति तालिम सञ्चालन गरिएको हो । एकिकृत विद्यालय दिवाखाजा कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा सिकाई कार्यक्रममा विद्यालय व्यवस्थापन, परामर्श र सुशासनका लागि अपिहिमाल गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकहरुका लागि तीन दिने तालिम सञ्चालन गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडीएस) दार्चुलाका कार्यकारी निर्देशक अशोक राज ओझाले जानकारी दिए । आइतवार एक

जीपबाट खसेका सामन्तको उपचारका क्रममा मृत्यु

दार्चुला : दार्चुलामा जीपबाट खसेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्तिराज जोशीका अनुसार महाकाली नगरपालिका-९ स्थित दत्तु-थाप्ला सडक खण्डमा खलंगादेखि थाप्ला जादै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००९६ नम्बरको जीपबाट खसेर महाकाली नगरपालिका-९ थाप्ला बस्ने अन्दाजी ३९ वर्षीय बिक्रम सिंह सामन्तको उपचारका क्रममा भारतको पिथौरागढमा मृत्यु भएको हो । मंगलवार साँझ ५ बजेतिर जीपको ढोका खुल्दा खसेर गम्भीर घाइते भएका सामन्तको

महोत्सव लाग्नु अघि नेविसंघले बुझायो आयोजक उद्योग वाणिज्य संघलाई १० बुँदे अनुरोध पत्र

दार्चुला : दार्चुलामा यहि चैत १५ गतेदेखि २५ गतेसम्म दार्चुला महोत्सव आयोजना गर्ने उद्योग वाणिज्य संघले निर्णय गरेको छ । महोत्सवको तयारी स्वरुप अहिले महोत्सव आयोजना हुने स्थलमा व्यवस्थापनको काम धमाधम भइरहेको छ । यसै सन्दर्भमा महोत्सव सुरु हुनुभन्दा अघि नेपाल विद्यार्थी संघले आयोजक उद्योग वाणिज्य संघ दार्चुलालाई १० बुँदे अनुरोध पत्र बुझाएको छ । नेविसंघ दार्चुलाका उपाध्यक्ष भूपेन्द्र सिंह धामीको नेतृत्वमा रहेका विद्यार्थी नेताहरुले बुझाएको अनुरोधपत्रमा महोत्सवलाई सभ्य, भव्य,

हत्या गरि फरार रहेका बैतडीका विष्ट दार्चुलाको दत्तुबाट पक्राउ

दार्चुला : बन्दुकको गोलीले भाईको हत्या गरि फरार रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्ण बहादुर विष्टलाई दार्चुलाबाट प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुबाट विष्टलाई शुक्रवार दिउँसो पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलिले भारत संग सीमा जोडिएको दत्तुबाट फरार विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।गत शनिवार भाई