विशेष

दार्चुलामा सबैभन्दा कम बेरुजु अपिहिमालमा, ब्याँसमा धेरै

दार्चुला :  महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरुमध्ये बढी बेरुजुमा ब्याँस गाउँपालिका परेको छ । ब्याँस गाउँपालिकाले कुल खर्चको ३.८८ प्रतिशत रकम बेरुजु गरेको छ। त्यसपछि दोस्रो धेरै बेरुजु गर्ने पालिकामा शैल्यशिखर नगरपालिका  रहेको छ। शैल्यशिखर नगरपालिकामा ३.५७ प्रतिशत बेरुजु देखिएको छ। यस्तै महाकाली नगरपालिकामा भने १.२८ प्रतिशत बेरुजु देखिएको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बेरुजु अपिहिमाल गाउँपालिकामा देखिएको छ । त्यहाँ ०.३८ प्रतिशत

विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन । आजको बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल हुनेछ ।

सिनियर अहेव जोशीद्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

दार्चुला : महाकाली नगरपालिका–९ स्थित दत्तुु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव हरिकृष्ण जोशीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका छन् । शैल्यशिखर नगरपालिका–७ देबथली घर भएका जोशीले आफ्नो व्यक्तिगत खर्चबाट स्वास्थ्य चौकी दत्तुमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् । आइतवार महिला स्वयंसेविकाहरुको मासिक बैठकमा १ सय रुपैयाँका दरले ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता सहयोग गरिएको सिनियर अहेव जोशीले बताउनुभयो । बैशाख

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली हुने

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा सफादेखि आंशिक बदली रहने छ । कोशीलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र

दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दार्चुला : दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला अस्पताललाई खोप उपलब्ध गराउन नसक्दा खोप अभाव भएको हो । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी खोप नलगाई फर्कन बाध्य छन् । विगत एक हप्तादेखि अस्पतालमा रेविजविरुद्धको खोप

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : प्रमुख सचेतक बतौला

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ । शुक्रवार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनुभयो । उहाँले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताउनुभयो । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ । प्रमुख सचेतक बर्तौलाले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय

मालिकार्जुन गाउँपालिका योगमय पालिका घोषणा

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई योगमय पालिका घोषणा गरिएको छ । विद्यालय तथा वडास्तरीय योग शिक्षा कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिकालाई योगमयपालिका घोषणा गरिएको हो । योग आयुर्वेद स्वास्थ्य शिक्षा र आत्म अनुशासन पालिका बनाउने उद्देश्य अनुरुप एक कार्यक्रमका बीच शनिवार मुख्य केन्द्रीय प्रभारी युवा नेपाल समितिका साधवी डाक्टर देवविजयाले योगमय पालिका घोषणा गरेका हुन् । योग, आयुर्वेद, शिक्षा र आत्म अनुशासन विषयमा वृहत अन्तरक्रिया गर्दै योगमयपालिका घोषण गरिएको छ ।

भारतको तटबन्ध निर्माण कार्य रोक्न एमालेको माग

दार्चुला : दार्चुलास्थित महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण कार्य रोक्न एमालेले माग गरेको छ । नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएर एकतर्फीरुपमा निर्माण भइरहेको तटबन्धको काम रोक्न माग गरेको हो । दार्चुलाको महाकाली नगरपालिका–५स्थित बिरेन्द्र वन पारिपट्टि भारतले तटबन्ध निर्माण गरिरहेको छ । वि. सं. २०७० सालमा महाकालीमा आएको बाढीले नेपालतर्फको धार परिवर्तन गरी भारततर्फ पुयाएकोमा अहिले आएर उक्त

महाकालीमा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख २२ र २३ गते

दार्चुला : महाकाली नगरपालिकाले आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख २२ र २३ गते गर्ने भएको छ । नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै यसअघि रोकिएको कक्षा ८ को गे्रडवृद्धि परीक्षा बैशाख २२ गते र २३ गते गर्ने जनाएको हो । आधारभूत तह स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैशाख १८ गतेको निर्णय अनुसार बैशाख ३ मा स्थगित गरिएका आधारभूत तह स्तरीय कक्षा ८ को ग्रेडवृद्धि परीक्षा आगामी

नौगाडमा बाघले बाख्रा खायो

दार्चुला : दार्चुलाको नौगाडमा बाघले बाख्रा खाएको छ । नौगाड गाउँपालिका-३ जामिरमा जङ्गलमा चराउन लगेका बाख्रा बाघले खाएको हो । शुक्रवार दिउँसो १२ बजेतिर हरिराम ठगुन्नाको बाख्रालाई जामिरस्थित सिमलधार सामुदायिक वनमा बाघले आक्रमण गर्दा मारेको स्थानीय जगत बहादुर ठगुन्नाले जानकारी दिए । केही दिन अगाडि पनि त्यस गाउँमा कुकुरलाई पनि बाघले खाएको थियो । बाघ आक्रमण बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।