एमाले जिल्ला कमिटि सदस्य कुँवर काँग्रेस प्रवेश
दार्चुला : नेकपा एमाले जिल्ला कमिटि दार्चुलाका सदस्य धनबहादुर कुँवर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०६३ सालदेखि एमालेमा सक्रिय कुँवर मंगलवार काँग्रेस प्रवेश गरेका हुन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले खादा र माला लगाएर पार्टीमा स्वागत गरे । काँग्रेस प्रवेश गरेका कुँवरले एमालेमा अवसरबादी हावी भएको आरोप लगाएका छन् । साथै उनले काँग्रेसमा आफू नि:स्वार्थ रुपले प्रवेश गरेको बताउँदै आफ्नो प्रवेश फरक रहेको औल्याए ।










