सिनियर अहेव जोशीद्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता
दार्चुला : महाकाली नगरपालिका–९ स्थित दत्तुु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव हरिकृष्ण जोशीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका छन् । शैल्यशिखर नगरपालिका–७ देबथली घर भएका जोशीले आफ्नो व्यक्तिगत खर्चबाट स्वास्थ्य चौकी दत्तुमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् । आइतवार महिला स्वयंसेविकाहरुको मासिक बैठकमा १ सय रुपैयाँका दरले ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता सहयोग गरिएको सिनियर अहेव जोशीले बताउनुभयो । बैशाख