किटजन्य रोग नियन्त्रणका लागि बहूनिकाय सङ्ग अन्तरक्रिया
दार्चुला : जिल्लामा किटजन्य रोग नियन्त्रण र निवारणका लागि बहूनिकाय सङ्ग अन्तरक्रिया गरिएको छ । जिल्लामा मनसुन सुरु हुनु अगावै समुदायमा किटजन्य रोगको प्रकोप फैलन नदिन महाकाली नगरपालिकाले बहूनिकाय सङ्ग अन्तरक्रिया गरी रोगको नियन्त्रण र निवारणका लागि छलफल गरेको हो । पछिल्लो समय गर्मीयाममा सबैभन्दा बढी देखा पर्ने डेङ्गु रोग संक्रमणलाई नियन्त्रण र निवारण गर्न समुदाय स्तरमा कार्यक्रम गरिएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जय बहादुर फसर््वानले जानकारी दिए ।