स्वास्थ्य

दार्चुलामा पनि मनाइयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

दार्चुला : ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आइतवार १२औँ अन्तरराष्ट्रिय योग दिवस दार्चुलामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजना, शिक्षा विकास तथा समन्वय इकाई दार्चुला, पतञ्जली योग समिति, महिला पतञ्जली योग समिति र युवा नेपाल समितिको सहआयोजना तथा महाकाली नगरपालिका र अक्सफोर्ड एकेडेमी स्कुलको सहजीकरणमा योग दिवस मनाइएको हो । दिवसको अवसरमा बिहान प्रभात फेरी पनि निकालिएको थियो । त्यसपछि अक्सफोर्ड

प्रेम राज बने आयुर्वेद डाक्टर

दार्चुला : दुहुँ गाउँपालिका–४ जोशीगाउँका प्रेम राज जोशी आयुर्वेद डाक्टर बनेका छन् । आयुर्वेद चिकित्सा परिषद् नेपालले लिएको लाइसेन्सिङ् परीक्षामा उतीर्ण हुँदै २५ वर्षीय जोशी आयुर्वेद डाक्टर बन्न सफल भएका हुन् । डाक्टर बन्नेमा त्यहाँका जोशीपरिवारका प्रेम राज पहिलो व्यक्ति हुन् । कक्षा तीनसम्म गाउँकै धारिपाटा मावि धारीमा अध्ययन गरेका जोशीले कक्षा ४ र ५ जिल्ला सदरमुकामस्थित बसन्त भ्याली पब्लीक स्कुल र कक्षा ६ देखि १० सम्म एसियन एकेडेमी स्कुलबाट

विश्व फार्मासिष्ट दिवस विविध कार्यक्रम गर्दै मनाइयो

कैलाली : धनगढीमा विश्व फार्मासिष्ट दिवस मनाइएको छ। बिहीबार सेप्टेम्बर २५ का दिन नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिको संयुक्त आयोजनामा फार्मासिष्ट दिवस मनाइएको हो। दिवसका अवसरमा बिहान धनगढीको जेन जी मार्गबाट सेती प्रादेशिक अस्पताल हुँदै देव तालिम केन्द्रसम्म नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिले संयुक्त र्याली निकालेको थियो ।र्यालीपश्चात् देव तालिम केन्द्रमा स्वास्थ्य क्षेत्र सङ्ग सम्बन्धित विभिन्न स्वास्थ्यकर्मीहरुको उपस्थितिमा फार्मेसी पेशा : अवसर,

महाकालीका तीन विद्यालयको खानेपानीमा ‘इकोली’ जीवाणु फेला

दार्चुला : महाकाली नगरपालिकाका विद्यालयहरुको खानेपानीमा इकोली जीवाणु भेटिएको छ । नगरपालिकाका विभिन्न विद्यालयहरुको खानेपानी नमुना संकलन गरी गुणस्तर परिक्षण गर्दा तीन विद्यालयको खानेपानीमा इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बिरेन्द्र प्रसाद भट्टले जानकारी दिए । भदौ २ र ३ गते परिक्षण गर्दा मालिकार्जुन आधारभूत विद्यालय सकार, सरस्वती आधारभूत विद्यालय मुल्ला र जगन्नाथ आधारभूत विद्यालय धौलीगाडको खानेपानीमा इकोली जीवाणुको मात्रा भेटिएको उनले बताए । महाकाली नगरपालिका अन्तर्गतका १२

दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि

दार्चुला : दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका एक जनामा चेकजाँच गर्दा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए । डेंगीको संक्रमण देखिनेमा बाँकेको कोहलपुरका ३९ वर्षीय पुरुष रहेका छन् । चालू आर्थिक वर्षमा दार्चुलामा डेंगी पुष्टि भएको यो पहिलो केश हो । वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले

दार्चुला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दार्चुला : दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि दार्चुलालाई बुधवार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।   जिल्लाका ९ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्टले जानकारी

ब्लड बैंक स्थापनाका लागि अग्रसरता : कर्मचारी र सुरक्षाकर्मीद्धारा ५ लाख रकम संकलन

दार्चुला : दार्चुला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरुले अग्रसरता देखाएका छन् । अस्पतालमा रगतको सहज आपूर्ति व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अग्रसरतामा ब्लड बैंक स्थापनार्थ सहयोग रकम संकलन गरिएको हो । ब्लड बैंकको स्थापनाका लागि ५ लाख रकम संकलन भएको छ । जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुबाट स्वःस्फूर्त रुपमा ५ लाख २ हजार ८८१ रुपैयाँ संकलन भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी

मालिकार्जुन गाउँपालिका–६ मा ४७० बाख्राको शिविरमार्फत औषधोपचार

दार्चुुला : मालिकार्जुन गाउँपालिका–६ उकुमा शिविरमार्फत बाख्राहरुको उपचार तथा औषधि वितरण गरिएको छ । गैरसरकारी संस्था गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजीकरण र मालिकार्जुन गाउँपालिकाको समन्वयमा एक दिने पशु स्वास्थ्य शिविरमार्फत बाख्राहरुमा देखिएको रोग र बाह्य परजीवीको उपचार गरिएको हो । बुधवार सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमार्फत एक सय घरपरिवारका ४ सय ७० बाख्राहरुमा देखिएको विभिन्न रोगको उपचार गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा

किटजन्य रोग नियन्त्रणका लागि बहूनिकाय सङ्ग अन्तरक्रिया

दार्चुला : जिल्लामा किटजन्य रोग नियन्त्रण र निवारणका लागि बहूनिकाय सङ्ग अन्तरक्रिया गरिएको छ । जिल्लामा मनसुन सुरु हुनु अगावै समुदायमा किटजन्य रोगको प्रकोप फैलन नदिन महाकाली नगरपालिकाले बहूनिकाय सङ्ग अन्तरक्रिया गरी रोगको नियन्त्रण र निवारणका लागि छलफल गरेको हो । पछिल्लो समय गर्मीयाममा सबैभन्दा बढी देखा पर्ने डेङ्गु रोग संक्रमणलाई नियन्त्रण र निवारण गर्न समुदाय स्तरमा कार्यक्रम गरिएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जय बहादुर फसर््वानले जानकारी दिए ।

धनगढीमा भारतबाट फर्किएका तीन जनामा कोरोना संक्रमण

कैलाली : भारतबाट फर्केका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किंदै गरेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । भारतबाट घर फर्किइरहेका ३६ जनाको कैलालीस्थित त्रिनगर सीमा नाकामा बुधवार एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो । कोरोना देखिनेमा दुई पुरुष र एक महिला रहेको केन्द्रका स्रोत व्यक्ति हेमराज जोशीले बताए